ताजा समाचार

ओली सत्तालाई वामदेवकै भर : संकट टार्न प्रचण्डको पनि साथ

काठमाडौं । डेढहप्तादेखि शनिबार बिहानसम्म प्रधानमन्त्री केपी ओलीको सत्ता संकटमै थियो । तर मध्यान्ह जब, उनले उपाध्यक्ष वामदेव गौतमसँग भेट गरे, उनको सत्ता संकट एकाएक टर्ने दिशा तिर मोडियो । उनले पार्टीका कार्यकारी अध्यक्ष प्रचण्डसँग सचिवालय बैठक बस्नु अगाडी एक्लाएक्लै ४० मिनेट जसरी कुरा गरे र प्रचण्डले पनि पार्टीभित्र विकसित घटनाक्रमका बारेमा गम्भीर बने, त्यसपछि ओलीको संकट पूरै टरेर गयो ।
ओलीले मुख्यतः आफु विरुद्द सचिवालयमा बहुमत सदस्यले गरेको मोचाबन्दी भत्काउन अनेक प्रयास गरेका थिए । त्यसमा उनी सफल देखिएका छन् । प्रधानमन्त्री ओलीले पार्टी सचिवालयमा आफु विरुद्द निर्माण गर्न खोजिएको ‘गठबन्धन’ लाई दुईपटक तुहाई दिएका छन् । अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता नेपालसँग एकता र संर्घषको नीति लिदै आएका ओलीको कार्यशैली, पार्टी र सरकार सञ्चालनको विधिसँग सचिवालयका बहुमत सदस्यहरु बेला–बेला असन्तुष्ट बन्दै आएका थिए । त्यसयता ओलीलाई पार्टीमा कमजोर बनाउने योजनामा असन्तुष्ट नेताहरुले संगठित रुपमै गठबन्धन निर्माणको कोसिस नगरेका होइनन । पहिलो पटक ओली विदेश रहेका बेला अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठले २०७५ माघ १० मा झम्सिखेलमा बैठक बसेर ओलीसँग जुध्न मिलेर जाने रणनीति बनाएका थिए । त्यसबेला निर्माण भएको गठबन्धनलाई पनि निक्कै कसरत पछि ओलीले भत्काईदिएका थिए ।
पार्टी एकताका क्रममा ओलीले जर्बजस्त आफु निकट मान्छेलाई मात्र दोहोरो जिम्मेवारी दिएको, पार्टी बैठक बोलाउने तिर चासो नदिएको, विवादास्पद विधेयकहरु सल्लाह बिनै ल्याएको, राजनीतिक नियुक्तिहरुमा पार्टीमा छलफल नगरेको भन्दै नेताहरुले त्यसबेला गठबन्धन गरेका थिए । तर त्यो गठबन्धन तोड्न ओलीले वामदेवलाई पार्टी उपाध्यक्ष बनाउने सम्मको निर्णय गरेर र आफुलाई उपचारका क्रममा सिंगापूर रहेका बेलामा भेट्न सम्म बोलाएर तोडिदिएका थिए । त्यसबेला पनि ओलीले गौतमलाई नै आफ्नाे पक्षमा तानेर गठबन्धन भत्काएका थिए । त्यसपछि फेरि दाहाल र ओली पक्ष एकातिर र नेपाल अर्कोतिर बन्ने अवस्था आयो । जसकाकारण माधव नेपालको वरियता खोसिने देखि उनी सचिवालयमा एक्लै पर्ने अवस्था सम्म पार्टी सचिवालयमा निर्माण भयो ।
३ भदौं २०७६ सम्म आईपुग्दा झम्सिखेल गठबन्धन पूर्ण रुपमै छिन्नभिन्न बनिदियो । त्यसबेला ओलीलाई पाँच वर्षकै लागि सरकारको नेतृत्व, प्रचण्डलाई पार्टीमा कार्यकारी अध्यक्ष, गौतमलाई विधान संशोधन गरेर उपाध्यक्ष र संगठन विभाग प्रमुख र झलनाथ खनाललाई वरीयता तथा नीति अध्ययन प्रतिष्ठानको जिम्मेवारी दिने समझदारीपछि माधव मात्रै एक्लिएर ओली–प्रचण्ड एकातिर रहने गरी नयाँ समिकरण बनेको थियो । २०७६ मंसिर दोश्रो सातापछि फेरि झम्सिखेल गठबन्धनमै रहेका नेताहरु ओली विरुद्ध संगठित हुन थाले । पार्टीमा कार्यकारी अधिकार पाएपनि प्रचण्डले ब्यवहारिक अनुभूति गर्न पाएनन् । नेपाललाई त एक्लयाउदैं ओली अगाडी बढेकै थिए । त्यही बिचमा पार्टीमा नयाँ–नयाँ प्रकरणहरु आए ।
मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसि), सभामुख चयन, वामदेव गौतमको संसद छिर्ने चाहना, संविधान संसोधन कार्यदल देखि पार्टी विभाजन सम्मका अध्यादेश प्रकरण सम्मले पेचिलो विवाद नेकपाभित्र देखा पर्यो । त्यसपछि फेरि निर्माण भयो – भैंसेपाटी गठबन्धन । जहाँ झम्सिखेल गठबन्धनमै रहेका नेताहरुको मोर्चाबन्दी भएको थियो । २३ पुसमा उपाध्यक्ष वामदेव गौतम निवासमा आफु विरुद्द निर्माण भएको गठबन्धन ओलीले शनिबारको सचिवालय बैठकवाट औपचारिक रुपमै भत्काउन सफल भए । तर यो गठबन्धन भत्काउन उनलाई निक्कै मुश्किल परेको थियो । झण्डै–झण्डै यसले उनको पार्टी अध्यक्ष र प्रधानमन्त्री पद नै दाउ लगाउन परेको थिएन । तर फेरी उनले उपाध्यक्ष गौतमलाई नै आफुतिर तानेर गठबन्धन भत्काउन सफल भएका हुन् । भैसेपाटी गठबन्धनका कारण ओलीले सभामुख चयनमा आफनो निर्णय लाद्न सकेका थिएनन् । एमसिसि प्रकरणमा आफु अनुकुल निर्णय गराउन सकेका थिएनन ।
गौतमलाई राष्ट्रिय सभामा मनोनित गरेर लैजाने सचिवालयको निर्णय कार्यान्वयन गर्न आनाकानी गदै आउनु परेको थियो । तर शनिबारको सचिवालय बैठक पछि गत फागुन १४ मा गौतमलाई राष्ट्रिय सभा पठाउने निर्णय खारेज गदै प्रतिनिधीसभामा उपयुक्त समयमा पठाउने निर्णय भएको छ । पछिल्लो अध्यादेश प्रकरण सम्म आईपुग्दा निक्कै नै अप्ठयारो अवस्थामा प्रधानमन्त्री ओली पुगेका थिए । अहिले आएर ओलीले वामदेवलाई आफूतिर मात्रै तानेन आफ्नो सत्ता बलियो बनाए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *