ताजा समाचार

माफी माग्दै वामदेवलाई सांसद बनाउने ओलीको प्रतिबद्धता, २५ गते स्थायी कमिटीको बैठक बस्ने

 काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीको बैठकमा प्रधानमन्त्री केपी शर्माले सरकारको कामकारवाहीमा भएको गल्तीमा माफी मागेका छन् । उनले सरकारको कामको बारेमा गल्ती कमजोरी भएका छन् अब त्यसलाई सच्याउने छु भन्दै माफी मागेका थिए ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकले पार्टीको स्थायी कमिटी बैठक बैशाख २५ गते बोलाउने निर्णय गरेको छ । त्यसको तयारीका लागि २४ गते सचिवालय बैठक बस्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । बैठकले बामदेव गौतमलाई उपयुक्त समयमा प्रतिनिधिसभाको उमेद्वार बनाउन पहल गर्ने निर्णय गरेको छ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार सञ्चालनमा भएका कमीकमजोरीलाई लिएर आत्मालोचना गरेको पनि प्रवक्ता श्रेष्ठले बताए । अध्यक्ष पुष्पकमल दाहाल लगायतले पनि पार्टी सञ्चालनमा भएका कमिकमजोरीमा आत्मालोचना गर्दै अगाडि बढ्ने निर्णय भएको श्रेष्ठले बताए ।

‘पार्टीका उपाध्यक्ष वामदेव गौतमलाई उपयुक्त समयमा प्रतिनिधि सभाको उम्मेदवार बनाउने र प्रतिनिधिसभामा लैजान पहल गर्ने निर्णय लिएको छ’, प्रवक्ता श्रेष्ठले भने, ‘प्रतिनिधिसभामा आइसकेपछि वामदेव प्रधानमन्त्री बन्ने संभावनाको ढोका खुल्छ।’यस्तै बैठकमा पार्टी एकतालाई रक्षा गर्ने र सुदृढ गर्ने र पार्टीलाई गुटउन्मुख हुन नदिन पार्टीका सबैतहमा निर्देशन दिने पनि निर्णय गरेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *