काठमाडौं। ताप्लेजुङ सदरमुकाम फुङलिङ बजारको पुरानो बैक लाईनमा आगलागी भएको छ । फुङलिङ नगरपालिकासंग रहेको एकमात्र दमकल, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा ७ घन्टामा आगो नियन्त्रणमा आएको थियो ।
शुक्रबार राति १० बजेदेखि लागेको आगो शनिबार बिहान साढे ५ बजेतिर नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । प्रहरीका अनुसार स्थानीय भट्टराई होटल एण्ड लजबाट आगलागी सुरु भएको थियो । सात वटा घर र पाँच वटा घुम्ती पसल जलेर नष्ट भएका छन् ।
आगलागीको कारण भने खुलेको छैन । आगलागीबाट भएको क्षतिको विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ ।




