ताजा समाचार

नेपालको राजनीतिमा चिनिया चासो : ओली र दाहालसँग राजदूतको भेटघाट

 काठमाडौं । नेपालमा राजनीतिक संकट आइरहँदा चीनीया चासो बढेको छ । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहालसँग चिनिया राजदूतले भेटघाट गरेकी छिन् ।

नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेकी हुन। शुक्रबार बिहान राजदूत यान्छी अध्यक्ष प्रचण्डलाई भेट्न खुमलटार पुगेकी हुन् । नेकपाभित्र प्रधानमन्त्री केपी शर्मा ओली र अन्य नेताहरुबीच दुरी बढिरहेका बेला कार्यकारी अध्यक्ष प्रचण्डसँगको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ । त्यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटघाट गरेकी थिइन । राजदूत यान्छीले पछिल्लो समय नेपालमा भइरहेको राजनीतिक परिस्थितिबारेमा चासो व्यक्त गरेको स्रोतले जानकारी दियो । उनले नेकपामा देखिएको विवादका विषयमा चासो व्यक्त गरेकी थिइन् ।

अध्यक्ष प्रचण्डसँग यान्छीले नेपालको कोरोना भाइरसको संक्रमण रोकथामका लागि चिनियाँ सहयोग रहने बताएकी थिइन् । पछिल्लो समय नेकपामा देखिएको विवादले सरकार परिवर्तनसम्म हुन सक्ने समाचारहरु आइरहेका बेला राजदूत यान्छीको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ । उनले नेकपा एकताबद्ध हुनेले विश्वास व्यक्त गरेको स्रोतले जानकारी दियो । त्यस्तै राजदूत यान्छीले बिहीबार बेलुका प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि भेटवार्ता गरेकी छन् ।

राजदूत यान्छीले अहिलेको विषम राजनीतिक परिस्थिति र कोरोना भाइरस रोकथामका विषयमा प्रधानमन्त्री ओलीसँग छलफल गरेकी थिइन् । लकडाउनका बेला चिनियाँ राजदूत यान्छी राजनीतिक भेटघाटमा सक्रिय भएसँगै यसलाई चासोपूर्वक हेरिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *