ताजा समाचार

कोरोना कहर : विश्वभर २ लाख ३३ हजार ९ सय ६६ जनाको ज्यान गयो

काठमाडौं । विश्वलाई नै आक्रान्त बनाएको कोरोना भाइरस (कोभिड–१९) बाट ज्यान गुमाउनेको संख्या २ लाख ३४ हजार नजिक पुगेको छ।
वर्ल्डोमिटर्सले आज सार्वजनिक गरेको पछिल्लो तथ्या‌ंकअनुसार विश्वमा २ लाख ३३ हजार ९ सय ६६ जनाको ज्यान गएको छ। त्यस्तै संक्रमितको संख्या ३३ लाख पार गरेको छ।
संक्रमणका कारण पछिल्लो चौबिस घण्टामा विश्वमा ५ हजार ८ सय जनाको मृत्यु भएको छ।
संक्रमित मध्ये बिहीबार सम्ममा संसारभरबाट १० लाख ३९ हजार मानिस निको भएका छन्। भने ५० हजार ९ सय ५६ जना सिकिस्त विरामी भएर उपचारत छन् । सोही अवधिमा विश्वमा ८५ हजार ९ सय ५७ जना कोरोनाका नयाँ बिरामी थपिएका छन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *