काठमाडौं। सरकारले नेपाली सेनाका ६ जना सहायकरथीको सुरुवा गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद बैठकले ६ जना सहायक रथीको सरुवा गर्दै एकजना सहायक रथीलाई रथीमा बढुवा गरेको छ।
सरकारले उपरथी आनन्द अधिकारीलाई उपत्यका पृतनापति प्रमुख बनाइएको छ। यसैगरी उपरथी निरञ्जन श्रेष्ठलाई तालिम महानिर्देशनालय प्रमुखको जिम्मेवारी दिइएको छ। उपरथी अशोक सिक्देललाई संभाररथी विभाग प्रमुखको जिम्मेवारी दिइएको छ भने उपरथी शशिचन्द्रबहादुर सिंहलाई राष्ट्रिय सुरक्षा परिषदको सचिवालयमा सरुवा गरिएको छ। यसैगरी उपरथी बालकृष्ण कार्कीलाई स्टाफ कलेज प्रमुख बनाइएको छ।
उपरथी सिताराम खड्कालाई निरीक्षणाधिकृत प्रमुख बनाइएको छ। यसैबीच सरकारले उपरथी प्रभुराम शर्मालाई रथीमा बढुवा गरेको छ। सामान्य अवस्था कायम रहेमा शर्मा प्रधानसेनापतिको रोलक्रममा हुनेछन्। उनलाई बलाध्यक्ष बनाइएको छ।




