ताजा समाचार

शक्ति राष्ट्र अमेरिकामा कोरोना अझै नियन्त्रणा बहिर, १० लाखभन्दा बढीमा संक्रमण ५७ हजार बढीको मृत्य

काठमाडौं।अमेरिकामा कोरोनाभाइरस सङ्क्रमित संख्या १० लाखभन्दा नाघेको छ ।कोरोना भाइरसको संक्रमणबाट ५७ हजारभन्दा बढीको मृत्यु भएको छ ।

जोन्स हप्किन्स विश्वविद्यालयले विश्वभर सङ्क्रमितमध्ये करिब एक तिहाई सङ्क्रमण अमेरिकामा देखिएको दाबी गरेको छ । उक्त विद्यालयका अनुसार हालसम्म विश्वभर कुल ३० लाख ९८ हजारभन्दा बढी सङ्क्रमण पाइएको छ।

कोरोनाभाइरसका कारण हालसम्म २ लाख १६ हजारभन्दा बढीले ज्यान गुमाई सकेका छन । अमेरीकाले परिक्षणकाे दायरा बढाएकाले संक्रमितको संख्या बढी देखिएको राष्ट्रपति डोनल्ड ट्रम्पको दावी छ । ट्रम्पले सङ्क्रमितको संख्या शून्यमा झर्ने बताउदै आएपनि संक्रमित र मृत्यूदरमा कमी आएको छैन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *