अर्थ

कोरोना सृजित अर्थतन्त्रको भावी योजना र रणनीति निर्माणमा अर्थविद्हरुसंग कांग्रेसको छलफल

काठमाडौं।प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले नेपाली अर्थतन्त्रको भावी योजना र रणनीतिका बारेमा पूर्वअर्थमन्त्री र अर्थशास्त्रीहरुसंग छलफल गरेको छ । कांग्रेसले कोरोनाका कारण नेपालको अर्थतन्त्रलाई परिरहेको र पर्ने समग्र असरको पूर्वानुमान गरेको हो । कोरोनापछिको नेपालको अर्थतन्त्रलाई उकास्न तय गर्नुपर्ने अत्यावश्यक योजना र रणनीतिका बारेमा कांग्रेसले आर्थशास्त्रीहरुसंग छलफल गरेको मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताए ।

मंगलबार पार्टी कार्यालय सानेपामा भएको छलफलमा लकडाउनका कारण कष्टकर जीवन भोगिरहेका नागरिकलाई पर्याप्त राहत दिन राज्यले कदम चाल्न जरुरी भएको औल्याएको छ । कांग्रेसले पूर्वअर्थमन्त्री र अर्थशास्त्रीहरुसंगको छलफमा लकडाउनका कारण नेपाली जनताले कष्टकर स्थिति भोगिरहेका बेला अनिवार्य राहत उपलब्ध गराउन जरुरी ब्यक्ति, वर्ग र क्षेत्रलाई पर्याप्त राहत दिन राज्यले चाल्न जरुरी औल्याएको हो। ज्येष्ठ र जिम्मेवार राजनैतिक दलका रूपमा कांग्रेसले कोरोना सृजित वर्तमान र भविष्यको संकटको सुविचारित ढंगले सामना गर्न जिम्मेवार र एकताबद्ध रुपले हुनुपर्ने ठहर गरेको मुख्य सचिव पौडेलले बताए ।

कोरोना भाइरसको महामारीले मुलुक थलिएका बेला कांग्रेसले पूर्व अर्थमन्त्री र अर्थशास्त्रीहरुसंग छलफल गरेको हो । सरकारलाई रचनात्मक सल्लाह,सुझाव र सहयोग दिदै आएको कांग्रेसले कोरोनाबाट नागरिकलाई बचाउन सम्पूर्ण ध्यान केन्द्रित गरेको छ । कांग्रेसले सत्ता इतरका राजनीतिक दल, स्वास्थ्यकर्मी र अर्थशास्त्रीहरुसंग छलफल गर्दै आएको छ ।

छलफलमा पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, उपसभापति विजयकुमार गच्छदार, महामन्त्री डा. शशांक कोइराला, महामन्त्री पूर्णबहादुर खड्का, सहमहामन्त्री डा. प्रकाशशरण महतको उपस्थिति थियो ।यसै गरी संगठन विभाग प्रमुख एवं पूर्वउपसभापति गोपालमान श्रेष्ठ,
पूर्वमहामन्त्री प्रकाशमान सिंह, डा. रामशरण महत, ज्ञानेन्द्रबहादुर कार्की, डा. मिनेन्द्र रिजाल, प्रवक्ता विश्वप्रकाश शर्मा, उदयशम्शेर राणा सहभागी थिए । यसै गरी अर्थशास्त्रीहरु डा. पृथ्वीराज लिगल, डा. शंकर शर्मा, डा. जगदीशचन्द्र पोखरेल, डा. गोविन्द पोखरेल, डा. स्वर्णीम वाग्ले, डा. अच्युत वाग्ले, डा. पोषराज पाण्डे, प्रभु बुढाथोकी, डा. विश्व पौडेल र राजु नेपालको उपस्थिति थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *