काठमाडौं । नेकपाका सांसदद्वय महेश बस्नेत,किशान श्रेष्ठ र नेपाल प्रहरीका पूर्व सर्वेन्द्र खनालविरुद्ध अपहरणको जाहेरी दर्ता गर्न सरकारी वकिलको कार्यालय काठमाडौंले अस्वीकार गरेको छ । लामो छलफल चले पनि सरकारी वकिलको कार्यालयले उनीहरू विरूद्द मुद्दा दर्ता दर्ता गर्न मानेन ।
नेकपाका सांसदद्वय महेश बस्नेत, किसान श्रेष्ठ तथा पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनालविरुद्ध किटानी जाहेरी लिएर सांसद यादव तथा जनता समाजवादीका शीर्ष नेताहरू आइतबार महानगरीय प्रहरी परिसर काठमाडौं गएका थिए ।प्रहरीले दर्ता गर्न नमानेपछि जनता समाजवादीका सांसद डा.सुरेन्द्र यादव सहित मंगलवार जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा अपहरणको जाहेरी दिन पुगेका थिए ।
कानुन व्यवसायीको रायअनुसार उनी मंगलबार सरकारी वकिल कार्यालय पुगेका हुन् ।




