ताजा समाचार

कोटेश्वर बैठक अनिर्णित, मंगलबार सचिवालय बैठक बोलाउन ओली सहमत

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को शक्ति बाँटफाँटमा सहमतिका लागि बसेको अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीचको छलफल सकिएको छ । छलफलमा शक्ति बाँडफाँटका विभिन्न विषयमा कुराकानी भएको थियो ।

कोटेश्वर बैठकका आधारमा भोलि नेकपा सचिवालय बैठक बोलाइएको छ । भोलि सचिवालय बैठक बसेर स्थायी समितिको मिति तोक्ने विषयमा कोटेश्वरमा सहमति भएको एक नेताले जानकारी दिए ।विवाद समाधानका लागि अध्यक्ष केपी शर्मा ओली र नेता माधव नेपाल समूहबीच छलफल भएको थियो । छलफलले भोलि मंगलबार सचिवालय बैठक बोलाउन अध्यक्षलाई आग्रह गर्ने निर्णय गरेको छ ।

अध्यक्ष ओली मंगलबार सचिवालय बैठक बोलाउन तयार भएका छन् । बैठकमा दुईपक्षबीच मन माझामाझ भएको नेता रघुजी पन्तले जानकारी दिए । कोटेश्वरमा रहेको नेपाल वन पैदावार उद्योग व्यवसायी महासंघको कार्यालयमा दुवै पक्षबीच छलफल भएको थियो । छलफलमा ओलीका तर्फबाट ईश्वर पोखरेल, विष्णु पौडेल, शंकर पोख्रेल, प्रदीप ज्ञवाली थिए भने नेपालका तर्फबाट भीम रावल, सुरेन्द्र पाण्डे, रघुजी पन्त गोकर्ण विष्ट सहभागी थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *