ताजा समाचार

झलनाथ खनाल अचानक खुमलटार किन पुगे ?

काठमाडौं । प्रधानमन्त्री केपी ओली र माधव नेपालको भेटघाट भएपछि नेपाल कम्युनिष्ट पार्टी नेकपामा उत्पन्न पछिल्लो गतिरोधबारे छलफल गर्न नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता झलनाथ खनालबीच भेटघाट भएको छ ।
सोमबार प्रचण्ड निवास खुमलटारमा दुई नेताबीच भएको भेटमा स्थायी समिति बैठक नबोलाइएको अवस्थामा के गर्ने भन्नेबारेमा छलफल भएको स्रोतले बतायो। भेटमा वरिष्ठ नेता खनालले तत्कालै सचिवालय बैठक बोलाएर स्थायी समिति बैठकको मिति तोक्न ढिला गर्न नहुने समेत बताएका थिए।
यसअघि प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच बालुवाटारमा छलफल भएको थियो। सो भेटघाट पछि प्रचण्ड निवासमा खनाल पुगेका हुन् । माधव नेपाल र केपी ओली मिलेको आशंकामा उनीहरुबीच भेटघाट भएको बताइएको छ ।

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *