काठमाडौं । सरकारले लकडाउन वैशाख २५ गतेसम्म जारी राख्ने निर्णय गरेको छ । आइतबार साँझ बसेकाे मन्त्रिपरिषद्को बैठकले लकडाउन १० दिन थप्ने निर्णय गरेको हाे ।
काेराेनाकाे जाेखिम बढेपछि सरकारले वैशाख ११ गतेबाट लकडाउन गरेकाे थियाे । चौथोपटक थपिएको लकडाउन सकिने पूर्वघोषित मिति भन्दा एक दिन अघि सरकारले वैशाख २५ सम्म लकडाउन लम्ब्याउने निर्णय गरेकाे हाे । काेराेनाबाट जाेखिम मुक्त बनाउन लकडाउन थप्ने निष्कर्षमा सरकार पुगेकाे हाे ।
कोभिड(१९ सम्बन्धी उच्चस्तरीय समन्वय समिति अन्तर्गत गठन भएको मुख्यसचिव नेतृत्वको कार्यदलले एक साता लकडाउन थप्न सुझाव दिएको भएपनि सरकारले नयाँ विरामीहरु थपिएको भन्दै लकडाउनलाई १० दिन थप गरेको छ । झापामा हिजो र आज विरामी थपिएपछि जोखिमुक्त नभएको कारण देखाएर लकडाउन थपिएको स्रोतले जनाएको छ ।
नेपालमा कोरोना संक्रमितको संख्या ५२ पुगेको पुगिसकेकाे छ ।




