ताजा समाचार

थप दुईमा काेराेना सङ्क्रमण, नेपालमा सङ्क्रमितकाे ५१ पुग्याे 

काठमाडौँ। कोरोना भाइरसको सङ्क्रमण थप दुईजनामा देखिएको छ । टेकुस्थित राष्ट्रिय प्रयोगशालामा परीक्षणका क्रममा पर्सा वीरगञ्जका ५० वर्षीय दुई पुरुषमा कोभिड–१९ को सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले जानकारी दिए।

उनका अनुसार आज थप दुईजनामा सङ्क्रमण देखिएपछि सङ्क्रमितको सङ्ख्या ५१ पुगेको छ भने पूर्णरुपमा स्वस्थ भएर १२ जना घर फर्किएका छन् । सङ्क्रमितका बारेमा विस्तृत विवरण आउन बाँकी रहेको उनले जानकारी दिए । ती दुवैजना अहिले आइसोलेशनमा रहेका र स्वास्थ्य अवस्था सामान्य रहेको उनले बताए।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *