काठमाडौं। कोभिड–१९ उच्चस्तरीय समन्वय समितिले जारी लकडाउन थप सात दिन लम्ब्याउन सुझाव दिएको छ । लकडाउन प्रभावकारी भएकै कारण कोरोना नियन्त्रण प्रयास सही ट्र्याकमा रहेको निष्कर्ष आज सिंहदरबारमा बसेको बैठकले निकालेको थियो ।
बैठकमा केही (हिमाली) जिल्लाहरुमा लकडाउन खुला गर्ने, क्षेत्रगत रुपमा खुकुलो बनाउने लगायतका विषयमा समेत छलफल भएको थियो । यद्यपि लकडाउनको समयावधिबारे भोली (आइतबार) बस्ने मन्त्रिपरिषद् बैठकले अन्तिम निर्णय गर्नेछ ।
वैशाख १५ गते एक साता लकडाउन लम्ब्याउने र त्यसपछि नयाँ मोडलमा जान सकिने विषयमा आजको बैठकमा छलफल भएको बताइएको छ । आज सिंहदरबारपस्थत प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा ईश्वर पोखरेल नेतृत्वको उच्चस्तरीय समितिको बैठक बसेको थियो । समितिले आन्तरिक तथा वाह्य हवाई उडानमा लगाइएको रोक भने जेठको २ गतेसम्म बढाउने निर्णय गरेको छ ।




