ताजा समाचार

आन्तरिक तथा बाह्य हवाइन उडान जेठ २ सम्म स्थगित, लकडाउनकाे निर्णय मन्त्रिपरिषदले गर्ने

 काठमाडौं । कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले आन्तरिक एवम् वाह्य हवाई उडान जेठ २ गतेसम्मका लागि स्थगित नै राख्ने निर्णय गरेको छ।
आज दिउसो सिंहदरवारमा बसेको बैठकले सो निर्णय गरेको हो । यसअघि वैशाख १८ गतेसम्मका लागि हवाई सेवामाथि रोक लगाइएको थियो। प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा बसेको सो समितिको बैठकले जेठ २ (मे १५) सम्मका लागि सबैखाले उडानलाई लकडाउनमा नै राख्ने निर्णय गरेको हो। त्यसबाहेक कोरोना संक्रमणका विषयमा भएका कामको समीक्षा भएको सचिव नारायण विडारीले जानकारी दिए।
लकडाउनको अवधि थप गर्ने वा नगर्ने विषयमा मन्त्रिपरिषद बैठकले निर्णय गर्ने पनि विडारीले जानकारी दिए । स्रोतका अनुसार तीन तहमा विभान गरेर सरकारले लकडाउन गर्ने तयारी गरेको छ । काठमाडौलाई ग्रीन जोनमा राख्ने र थोरै बजार खुलाउने सरकारको तयारी रहेको छ । २ नं प्रदेश र १ नं प्रदेशलाई रेड जोनमा राख्न तयारी भएको पनि सरकारी स्रोतले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *