ओली सरकार : अहिले संसारभर ब्यापक रुपमा चर्चा ,परिचर्चा र कौतुहलता देखापरेको छ । त्याे हाे कोरोना भाइरसको माहामारी र यसको ब्यापक संक्रमण । काेराेना संक्रमणबाट धेरै मानवको मृत्युको खबरले आम मानिसमा भय र त्रास सिर्जना भएकाे छ। अब के होला ? कसो होला ? कहिलेसम्म यस्तो होला ? भन्ने सन्नाटा छाएको छ । करिब ३० औं लाख मानिस यो कोरोन भाइरसबाट संक्रमित भएका छन भने करिब दुइ लाख मानिस को मृत्यु भैसकेको छ। यसमा सबैभन्दा बढि मानिसको मृत्यु संसार कै धनी र सम्पन्न मुलुक अमेरिकामा भएको छ भने युरोप र संयुक्त अधिराज्य बेलायत पनि बढि प्रभावित भएको छ। सर्वत्र संत्रास फैलिरहेको अवस्थामा हाम्रो जस्तो गरिब र बिपन्न मुलुक नेपाल पनि यो संक्रमणको उच्च जोखिममा छ। डब्लुएचअाे ले समेत नेपाल बेलैमा सचेत नहुने हो भने नियन्त्रण बाहिर जानसक्ने र भयावह अवस्था आउनसक्ने भन्दै चेतावनि दिइसकेको छ ।
नेपालमा हालसम्म कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको भन्ने सरकारले पुष्टि गरेको छैन। केहि संख्यामा संक्रमित भएको छ भन्ने समाचारमा सुनिएको छ। भारतसङ्गको खुला सीमाको कारण दैनिक सामुहिक रुपमा आवतजावत गर्नेको भिड देख्न र सुन पाइन्छ्। प्रभावकारि ढङ्गले यसको नियमन र ब्यबस्थापन गर्न ओली सरकार चुकेकोछ। भारतमा पनि लकडाउनका कारण हजारौं नेपाली मजदूरहरु आफ्नो देशफर्कनेको लर्को लागेको छ।
कम्युनिष्ट ओली सरकार ले सीमामा रोक लगाएको कारणले गर्दा लाखौं नेपालिहरु आफ्नो देश नेपाल तर्फ छिर्न पाइरहेका छैनन।तर ओली कमुनिष्ट सरकार ले आफ्नो देशमा पनि छिर्न नदिएर आफ्नै नागरिकप्रति बैरभाव राखेर आफ्नो निकृष्ट चरित्र उदाङ्गो पारेको छ।सरकार कस्कालागि हो भन्ने प्रश्न उब्जिएको छ ।म मेरो घर जान्छु भन्दा तं आउंन पाउंदैनस भन्दै कैयौं दिनसम्म सीमामा रोकेको छ। यो जनबिरोधि सरकार मात्र हाे। भोकभोकै कैयौं दिन्सम्म सिमामा अलपत्र अवस्था मा रहेकाछन् । दार्चुलाका एकजना मजदुर आफ्नि आमाको मृत्यु हुंदा समेत आफ्नो घर जान न पाएर भारतिय सीमामा नै आफ्नि आमाको काजक्रीया गर्न बिवस भए। यो त भयो भारतबाट नेपाल छिर्ने नेपालीको ब्यथा र पीडा। नेपाल भित्र नै काठमाडौं शहरबाट उपत्यका छोडेर देशको बिभिन्न स्थानमा आफ्नो बाटो तय गर्दै गर्दा सयौं किमि बाटो हिडेर अलपत्र पर्दा समेत ओली कम्युनिष्ट सरकारले ठाडाकान लगाएको देखिएन। हजारौं किमिको दुरीको बाटोमा हिंडेर लखतरान भएका ति मजदुरलाइ ओली सरकार उल्टै भन्छ जांहाको त्यहि बस्नु। घना जंगल भएको ठाउंमा न खाने खानेकुरा केहि पांइन्छ न बस्ने बास पाइन्छ ,त्याहां कसरी बस्न सकिन्छ ? ति पीडित मजदुरका लागि कति निर्दयी र कठोर रहेछ ओली सरकार ! सबै मिलेर सामुहिक रुपमा यो संकटको समाधान गर्नुको सट्टा ओली सरकार नितान्त निहित कुर्सी सत्ता स्वार्थका लागि दुइवटा अध्यादेस ल्याएर तमासा देखायाे । सम्बैधानिक परिषदको काम कर्तब्य र अधिकार सम्बन्धी र राजनैतिक दल खोल्न र गठन सम्बन्धि अध्यादेश्। राष्ट्र माहांसंकटबाट गुज्रीएको अवस्था मा त्यो अध्यादेश ले कोरोना नियन्त्रण हुन्छ त ? हुंदैन। सम्पुर्ण राजनैतिक दल ,नागरिक समाज , सरकार एक भएर कोरोना बिरुद्ध लड्नुपर्ने समयमा म एक्लै आफ्नो बाटो हिंड्छु भन्ने चाैतर्फी विराेधपछि ओली अध्यादेश फिर्ता लिन बाध्य भए ।
यो नितान्त गैरसम्बैधानिक,गैरप्रजातान्तान्त्रिक ,दुस्साहसिक, र कायरपूर्ण कार्य थियाे । सर्बसत्तावादी सोच र अधिनायकवादी सोचको मानसिक उपज थियाे । २०७२ सालमा निर्मित बहुदलिय प्रजातान्त्रिक संविधान माथिको बलत्कार थियाे । बर्तमान संबिधानलाइ क्षतविक्षत पर्ने ओली सरकारको गिद्धे दृष्टि थियाे । यदि ल्याउनुनै थियो भने संसदको अधिवेसन बसेको समयमा किन ल्याइएन ? वा संसद् जिवित रहेको अवस्थामा संसद् को बैठक बोलाउने हिम्मत किन गरेननख? आम नागरिकको प्रश्न थियाे ।
लक्डाउन: ओली सरकारले लकडाउन गरेपछि आफ्नो जिम्मावारी पुरा भएको ठानेकाे छ । के लकडाउनले मात्र सरकारको जिम्मावारी पुरा भयो त ? त्यसबाट समस्याको समाधान भयो त ? भएन। बरु नेपाल र नेपाली जनताको सामु बग्रेल्ति समस्याहरु पैदा भएका छन्। लकडाउनका कारण नागरिक हरु घरमा त बस्लान तर कहिले सम्म ? कति दिन कति महिनासम्म ? नेपाली जनतासङ्ग कति खाद्यान्न मौजदात छ होला ? सकिएपछि के गर्ने भन्ने चिन्ता रहेको छ।
उल्टै ओली सरकार ८० करोडको राहत बांडिसकियो भनेर डंका पिटिरहेको छ । नेपाली जनताको अत्यावश्यक बिषयमा ओली सरकारको दृष्टि पुगेको देखिदैन। धेरै अर्थविद् र बिश्लेषकको एउटै चिन्ता र चासोको बिषय छ अबका दिनमा आइ पर्ने जोखिमका लागि ओली सरकार का नीति र योजनाहरु के के छन ? यो टडकारो समस्या हो। तर ओली सरकारको कुनै पुर्व तयारी नीति र योजना पनि छैन । स्वास्थ्यकर्मिहरुलाइ चाहिने पर्याप्त पिपिइ लगायतका स्वास्थ्य सामाग्रीहरु छैनन्।सरकारका मन्त्रीहरु भ्रष्टाचार गर्न र कमिसन खानेमा ब्यस्त छन्। यदि यो संकटको घडिमा देश र जनताप्रति उत्तरदायी हुन्थे भने यस्ता्े अपराध गर्ने थिएनन्। यदि भाइरसको संक्रम बढ्दैगयो भने वा यसले बिकराल रुप लियो भने लकडाउन लम्बिने सम्भावना रहन्छ ।
यसबाट पर्ने प्रभाव: मलेसिया, कोरियालगायत बिभिन्न मुलुकमा भएका ५० लाख नेपाली आफ्नो रोजगारी गुमाए र नेपाल फर्केको अवस्थामा उनीहरु बाट प्राप्त रेमिटेन्स गुम्नेछ र देश आर्थिक रुपमा ओरालो लाग्नेछ। थप बेरोजगार बढ्नेछ। राजधानी वा सदरमुकाम मा रहेका ति ५० लाखका परिवार आफ्नो गाउंमा जान बाध्य हुने छन।त्यांहा खाध्यान्न जगेडा हुनेछैन। हाम्रो जीडीपी को ३० प्रतिशत रेमिटेन्सले धानेको मुलुकलाइ आर्थिेक भार अझै थपिनेछ । ९२ प्रतिशत आयात भएको हाम्र देशमा यदि भारतले पनि निर्यात रोकिदियो भने भोकमरीको अवस्था नआउला भन्न सकिन्न। आयात रोकिएपछि भन्सारबाट प्राप्त हुने राजस्व शुन्य हुनेछ । मुल्य अभिवृदि कर (भ्याट) उठ्ने छैन ।बैंक हरुको मौजदात र प्रवाह बन्द हुनेछ। Stock and flow बन्द हुनेछ । Real state मा लगानी गरेका बैंकको लगानी उठ्ने अवस्था रहंदैन । बैंकबाट लिएको ऋण तिर्न सक्नेछैनन । होटेल तथा पर्यटन ब्यबसाय धराप मा पर्नेछन्। स्वदेशमा भएका निजी क्षेत्रहरु बन्द भैरहेको अवस्थामा रोजगारी हुने छैन। साधारण खर्च धान्नको लागि बाह्य ऋण लिनुपर्ने अवस्था हुन्छ । दातृ निकायले ससर्त सहित ऋण उपलब्ध राउनेछन्। आयातमुखी हाम्रो अर्थब्यबस्था धान्न नसक्ने गरि थला पर्नेछ्। त्यसपछि देश गम्भीर संकटमा फस्नेछ । त्यस्ताे अवस्थामा देशमा आर्थिक ब्यबस्थापन गर्न ओली सरकार असफल हुनेछ र बाहिय शक्ति राष्ट्रको प्रभाव बढ्नेछ्। ओली सरकार असफल भएको अवस्थामा राष्ट्रको संकट समाधान गर्न या कुनै अदभुत भिजनरी दल वा नेता उत्पादन हुनेछ वा अन्तमा नेपाली सेना अग्रपंक्तिम देखा पर्नेछन्। राज्यको र जनताको प्राथमिक समस्यालाइ सबै एक भएर समाधान गर्न सकिएन भने आपतकालिन अवस्थामा राजनीति र देश ले कुन मोड लिन्छ भन्न सकिन्न ।कम्युनिष्ट ओली सरकार को समयमा नै सद्बुद्धि आओस । यहि मेरो शुभकामना !




