ताजा समाचार

बालुवाटारमा ओली देउवा भेट, के भयो कुराकानी ?

काठमाडौं।प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाबीच प्रधानमन्त्रीे निमन्त्रणामा बालुवाटारमा भेटघाट भएको छ । ओलीको निमन्त्रणामा बालुवाटार पुगेका देउवाले सर्वप्रथमत दुबै अध्यादेश फिर्ता लिएर गल्ती सच्याएकोमा प्रधानमन्त्रीलाई धन्यवाद दिएका थिए । सरुमै धन्यवाद पाएपछि राेग र राजनीतिक तनावले गलेका प्रधानमन्त्री ओलीको मुहार हसिलो भए पनि देउवाले सांसदलाई अपहरण शैलीमा काठमाडौं ल्याउनेलाई कारवाही गर्न माग गरेपछि ओलीको मुहारबाट खुसी हराएको थियो । यो मेरोमात्र माग होइन देशभरीबाट कारवाही गर्नु पर्छ भनेर माग उठेको छ सभापति देउवाले कानूनी राज्यमा निष्पक्ष अनुसन्धान र कार्वाही हुनुपर्छ ।

प्रधानमन्त्री ओलीलाई भने श्रमिकलाई कि खान दिनोस् कि गाउँ जान दिनोस् भेटमा देउवाले भने राहत घोषणा अधुरो भयो, पुग्नु पर्नेकोमा अझै पुगेन श्रमिक, बेरोजगार, विद्यार्थी र साना ठुला सबै ब्यवसायीका लागि तत्काल अर्को प्याकेज ल्याउनोस् । बिदेशमा रहेका नेपालीले हिजो देशलाई रेमिटेन्स पठाएर योगदान गरे, आज उनीहरु अप्ठ्यारोमा परेका छन् । त्यस्तो स्थितिमा रहेका नेपालीलाई उद्दार गर्ने बारे तत्काल योजना सार्वजनिक गर्नोस् र कार्यान्वयन थाल्नोस् ।

सभापति देउवाले कोरोना परिक्षण अहिलेको आवश्यकता भएको औंल्याउदै समुदाय स्तरमा व्यापक परिक्षण गर्न प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराएका छन । स्वास्थकर्मीहरुलाई पीपिइ लगायतका सामग्री अझै पर्याप्त नभएको भन्दै यथासिघ्र पु¥याउनु
आग्रह गरेका छन । स्वास्थकर्मीलाई हतोत्साहित गर्न खोज्ने काम भएको सुनिन्छ त्यसलाई तुरुन्तै रोक्न सभापति देउवाले प्रधानमन्त्री ओलीको ध्यानकार्षण गराएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

सोमवार सरकारले दुई अध्यादेश ल्याएपछि सत्ता र प्रतिपक्षबीचको दूरी निकै बढेको थियो । अध्यादेश विरोधी संगठित शक्तिका सामु निरिह बनेका प्रधानमन्त्री ओलीले पाचौ दिन शुक्रवार अध्यादेश फिर्ता लिएपछि ओली देउवाले भेट गरेर सम्वाद गरेका हुन । सभापति देउवाले कोरोनाको जोखिमसंग लडिरहंदा अब बिवादका कुनै कुरा नल्याउन प्रधानमन्त्रीलाई सुझाव दिएको मुख्य सचिव पौडेलले बताए ।

 

No photo description available.

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *