ताजा समाचार

राष्ट्रपतिद्वारा विवादित अध्यादेश खारेज

काठमाडौँ। राष्ट्रपति विद्यादेवी भण्डारीले सोमवार जारी गरेको अध्यादेश खारेज गरेकी छन । प्रतिपक्षी र सत्तारुढ दलभित्रबाटै तिब्र विरोध भएपछि शुक्रवारको मन्त्रिपरिषदले अध्यादेश फिर्ता लिने निर्णय गरेको थियो । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले राजनीतिक दल र संवैधानिक परिषद्‍सम्बन्धी अध्यादेश खारेज गरेकी हुन ।

राष्ट्रपति कार्यालय शीतलले मन्त्रिपरिषद्को सिफारिस अनुसार नेपालको संविधानको धारा ११४ को उपधारा (२) को खण्ड (ख) बमोजिम अध्यादेश संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी पहिलो संशोधन अध्यादेश र राजनीतिक दल सम्बन्धी दोस्रो संशोधन अध्यादेश खारेज भएको जनाएको छ ।

सोमबार मन्त्रिपरिषदले सिफारिष गरेका दुई अध्यादेश राष्ट्रपति भण्डारीले विधुतिय गतिमा प्रमाणिकरण गरेकी थिइन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *