ताजा समाचार

प्रवक्ता शर्माले भने अध्यादेश फिर्ता लिएर सरकारले गल्ती सच्यायो,अब अपहरण शैलीमा सांसद उठाउनेलाई कार्वाही हुनु पर्छ

काठमाडौं।नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सरकारले अध्यादेश फिर्ता गरेर गल्ति सच्याएको प्रतिक्रिया दिएका छन । सरकारले सोमाबर संवैधानिक व्यवस्था विपरित संवैधानिक परिषद र राजनैतिक दल सम्वन्धी दुई अध्यादेश ल्याएपछि कांग्रेसले फिर्ता लिन माग गरेको थियो ।
केन्द्रीय प्रचार विभागका संयोजक समेत रहेका शर्माले अपहरण शैलीमा सांसद उठाउने कार्यामा संलग्नलाई कार्वाहीको माग गरेका छन । आफ्नो फेसबुक पेज र ट्वीटरमार्फत प्रवक्ता शर्माले उक्क्त धारणा सार्वजनिक गरेका हुन ।

प्रवक्ता शर्माले सम्पूर्ण ध्यान र शक्ति कोरोना विरुद्धको संघर्षमा केन्द्रित गरेर नागरिकको जीवन जोगाउन प्रधानमन्त्री ओलीलाई सुझाव दिएका छन । प्रवक्ता शर्माले भनेका छन अध्यादेश फिर्ता लिएर सरकारले गल्ती सच्यायो,अब अपहरण शैलीमा सांसद उठाउने कर्ममा संलग्नलाई कार्वाहीको प्रतीक्षामा छ देश !

प्रधानमन्त्रीजिलाई जनताको तर्फबाट आग्रह छ अब सम्पुर्ण ध्यान र शक्ति कोरोना विरुद्धको संघर्षमा केन्द्रित गरौं l पहिले नागरिकको जीवन जोगाऔं फुर्सदमा राजनैतिक विवाद गरौंला l

 

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *