ताजा समाचार

नयाँ दल दर्ता गर्न नपाएपछि के योजना बनाउदै छिन रेणु यादव ?

काठमाडौं।समाजवादी पार्टीकी उपाध्यक्ष एवम् सांसद रेणु यादवको नेतृत्व सो पार्टी फुटाएर नयाँ पार्टी बनाउने सपना तत्कालका लागि तुहिएको छ ।
विहिबार विहानबाट उनको सो सपनामाथि समाजवादी पार्टीकै सांसद सुरेन्द्र यादवले तुहाइदिएका हुन् । यादवको नेतृत्वमा सात सांसदले निर्णय गरेका भएपनि तत्काल सो विषय छायामा पर्यो । एकाएक पार्टी फूटाएर नयाँ दल बनाउने भन्दै चर्चामा आएकी रेणुसहित सांसद महम्मद इस्तियाक राई, प्रदिप यादव, उमाशंकर अरगरीया, कलुदेवी विश्वकर्मा, सुरेन्द्र यादव र रेणुका गुरुङले सो निर्णय गरेका थिए । तर सुरेन्द्र यादव भने विहिबार विहानै उपेन्द्र यादवसँग मिल्न पुगे । अलग पार्टी गठन गर्ने तयारीका लागि बुधबार साँझ बिद्रोही सांसदहरू रेणु यादवको शान्तिनगरस्थित निवासमा भेला भएका थिए ।
समाजवादी पार्टी असन्तुष्ट पक्षले बिहीबारनै नयाँ पार्टी गठन गर्ने निर्णय गरेका थिए । पार्टी विभाजनकै लागि भनेर महोत्तरीमा रहेका सांसद सुरेन्द्र यादव सरकारी सहयोगमा सडकमार्ग हुँदै अहिले काठमाडौं आएका थिए । तर उनी आएपछि भने रेणु यादवको अध्यक्ष बन्ने सपनामा तुषारापात मात्र भएन कतिपयको मन्त्री बन्ने सपना समेत तुहियो । समाजवादी फोरमका प्रतिनिधि सभामा जम्मा १७ जना सांसद थिए ।यसअघि राजनीतिक दलसम्बन्धी ऐनमा कुनै पार्टी फुटाएर नयाँ पार्टी गठनका लागि सो पार्टीको संसदीय दल र केन्द्रीय कमिटिमा ४०-४० प्रतिशत सदस्यको समर्थन हुनुपर्ने कानुन थियो। सोमबार प्रधानमन्त्री केपी ओलीले मन्त्रीपरिषद बैठक बोलाएर अध्यादेशमार्फत संसदीय दल वा पार्टीको केन्द्रीय समितिमध्ये एउटामा ४० प्रतिशत सांसदको समर्थन भए पार्टी विभाजन गरेर नयाँ पार्टी गठन हुनसक्ने व्यवस्था गरेका थिए । उनीहरुकै लागि भनेर सरकारले गरेको सो व्यवस्थाले अन्ततः समाजवादी पार्टी र राष्ट्रिय जनाता पार्टीलाई एकता गर्न बाध्य बनायो ।
नेकपामा बहुमत सचिवालय सदस्यहरूको विरोध हुँदाहुँदै सो अध्यादेश राष्ट्रपतिले केही घण्टामै जारी गरिदिएकी थिइन । नयाँ अध्यादेशअनुसार समाजवादी पार्टी फुटाएर नयाँ पार्टी गठन गर्न सात जना सांसद भए पुग्छ । समाजवादीका सात सांसदले पार्टी फुटाउने निर्णय गरेपछि हतारहतार मध्यरातमा समाजवादी पार्टी र राजपाले एकीकरणको घोषणा गरेका थिए । दुवै पार्टी एक भएपछि सात सांसदले मात्र एकीकृत पार्टीको संसदीय दलको ४० प्रतिशत पुग्ने छैन । दल दर्ताको क्रममा उपेन्द्र यादवले रेणु यादव अहिले काममा रहेको बताएका थिए । तर रेणु यादव अहिले के गर्देछिन भन्ने बारेमा कोही कसैलाई जानकारी छैन ।
रेणुसँग निकट रहेका एक नेताका अनुसार उनीहरु पार्टी छाडेर अन्त नजाने तर केही समय पर्खेर भएपनि अर्को पार्टी गठन गर्ने प्रकृया र परामर्शमा लागेको स्रोतको भनाई छ । यही बीचमा इस्तिहाक राइले आफूहरु पार्टीमै रहेको पार्टी फूटाउन लागेको भन्ने हल्ला निराधार भएको बताएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *