नेपाल कम्युनिष्ट पार्टीका नेता तथा पार्टी प्रवक्ता नारायण काजी श्रेष्ठको हालै सार्वजनिक भएको कथनमा ”दुई अध्यक्षको कार्यशैली लोकतान्त्रिक नभएको र तपाईंहरु लोकतन्त्रवादी होइन,असल तानाशाहसम्म हुन सक्नुहुन्छ ” ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले नेकपाको ७१ औं स्थापना दिवसको अवसरमा बुधबार जारी विज्ञप्तिमा , ‘पार्टीमा अराजकतावादी र नोकरशाही प्रवृत्ति बढ्न थाले र मुलुकलाई अस्थिरतातिर उन्मुख बनाउने राजनीतिक प्रवृत्ति बढ्न थाले भने हामीले प्राप्त गरेका उपलब्धी नै गुम्ने खतरा पैदा हुन्छ ।’ भनेका छन्
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले केपी ओलीको सरकार अधिनायकवादी भएको भनी चित्रण गरेको दुई बर्ष र्पूरा भईसकेको छ । सभापतिले यसो भन्दा नेपालका आफूलाई अव्वल दर्जाको राजनीतिका खेलाडी सम्झन्नेहरुले आलोचना गरेका थिए । तर ती अव्वल दर्जाका राजनीतिका खेलाडी अहिले केपी ओलीनै अधिनायकवादी भएको भनी ठूलो स्वरमा गाउन थालेका छन ।
प्रधानमन्त्री ओली सार्वजनिक कार्यक्रमा पदिय गरिमालाई विर्सिएर प्रमुख प्रतिपक्षी दल माथि खनिने गर्छन् । प्रधामन्त्रीले एक सार्वजनिक कार्यक्रमा प्रतिपक्षि तथा अन्य दललाई बिभिन्न आकार प्रकारकां नन्दी भृंगीको संज्ञा दिए । कहिले उनी कांग्रेस कहाँ छ भनी प्रश्न गर्ने गर्छन भने कहिले बिचारा कांग्रेस भनी निष्कृष्ट र क्षुद्र बचन प्रयोग गर्ने गर्छन । राज्य सञ्चालनको तालाचाबी लिएका प्रधानमन्त्रीले अरुको अस्थित्व स्वीकार्न नसक्नु तानासाही चरित्रको उपज हो । ओली प्रजातान्त्रिक शासन व्यस्था भएको मुलकका कम्युनिष्ट प्रधानमन्त्री हुन् । तसर्थ उनी तानशाह बन्न खोज्नु भन्दा अशल शासक बन्न खोज्नु उत्तम हुन्छ । इराकका राष्ट्रपति सद्दाम हुसेनले त पछिल्लो कालखण्डमा एक राष्ट्रवादी उदार तानासाहको रुपमा आफूलाई परिणत गरेका थिए । अहिले त ओली अधिनायकवादी मात्र होइन आधुनिक नेपालको तानासाह शासक बन्ने ध्याउन्नमा छन ।
ओलीले राजनीति गरेर कहिल्यै क्रान्ति ,संघर्ष वा आन्दोलन गर्न परेन । त्यसैले उनलाई जन धारणा वा जनताको समस्या थाहा हुने कुरा पनि भएन । झलनाथ खनाल पार्टी अध्यक्ष र प्रधानमन्त्री भएको बेला आपूmसंग सल्लाहा नगरेको आप्mनो गुटको मान्छेलाई मन्त्री नवनाएको र पार्टीको निर्णय नमानेको भनी राणाको भूत जागेको भनी सार्वजनिकरुपमा आरोप लगाएका थिए । त्यहि राणाको भूत अहिले ओलीमा जागेको छ । अहिलेका प्रधानमन्त्रीले भने अरुको सुझाव धेरै लिनुहुन्न कि जस्तो लाग्छ । उहाँहरुको आफ्नै एउटा समुदाय बन्यो । विश्वका मजदुरहरु एक हौं भनेको जस्तै एउटा समुदायको मात्रै कुरालाई विश्वास गर्दा पनि काम सोचेजस्तो हुन नसकेको हो कि भन्ने लाग्छ ।
अहिलेको राजनीतिमा नैतिक चेत र मानवीयता हराएको मैले अनुभूति हुन्छ । राजनीतिमा उमेर हदको कुरा पनि यसैको एक उपज हो । जसरी हिन्दू संस्कृतिमा हाम्रो उमेर अनुसारको आश्रम व्यवस्था छ । मेरो उमेर छँदासम्म र बल छँदासम्म काम गरेँ, अब तिमीहरु गर भनेर अरुलाई हस्तान्तरण गर्नुपर्ने हो । अझ अहिलेका प्रधानमन्त्री त जेलदेखि नै बिरामी हुनुहुन्छ । अहिले पनि त्यस्तै हुनुहुन्छ । त्यसैले उहाँले नैतिक चेतको आधारमा प्रधानमन्त्री पद छाडेर बस्नुभए पनि राम्रो हुने हो भन्ने भनाई मोदनाथ प्रश्रितको छ ।
हुनै नहुने चर्चा बजारमा व्यापक छन । नेपालमा २०१६ सालमा भएको नेपाली कांग्रेसको सरकार सरह अहिलेको नेकपाको सरकार छ । दुई तिहाईको यो सरकार आफैमा शक्तिसाली छ । देश र जनताका खातिर जुनसुकै काम गर्नपनि सक्षम छ । राष्ट्रपति पनि सोही पार्टीको भएको अवस्था छ । प्रतिपक्षी कमजोर छ र सरकार प्रमुखले प्रतिपक्ष प्रति अत्यधिक आक्रमक शैलीमा आप्mनो क्षमतालाई निरर्थक प्रयोग गरिरहेको स्थिति छ । प्रतिपक्षसंगको सरकारको यो व्यवहारलाई सरकारको पार्टीका नेताहरुलाई पनि चित्त नबुझेर होला , बेला बेला राष्ट्रिय सहमतिको सरकारको आवश्यकता रहेको बताउँछन । तर प्रधानमन्त्री यस्ता कुरा सुन्न पटक्कै रुचाउँदैनन् । त्यसैले प्रतिपक्ष कमजोर भएपनि सरकार बिघठनको चर्चा भईरहेको छ ।
भुरुण्डी भन्ने चरा हुन्छ भनेको सुनेको थिएँ ,जस्को एउटा पेट दुईवटा खुट्टा र दुईवटा टाउका । कहिले कही दुई टाउका बिच झगडा हुँदा एउटाले तैले धेरै निउँ खोजिस भने म बिष पिईदिन्छु भन्दोरहेछ । तैले बिष पिएमा ममात्र होइन तँपनि मर्दछस,अर्कोले दिएको जवाफ । यस्तै भुरुण्डी चराको अवस्थाको पार्टी नेपाल.कम्यूनिष्ट .पार्टीको छ अहिले ।
पहिलो संबिधान सभाको निर्वाचनमा नेकपा माओवादी संसदमा सवैभन्दा ठूलो पार्टी भएको नाताले प्रचण्डको नेतृत्वमा सरकार वनेको खुसियालीमा खुलामञ्चमा बिशाल आमसभाको आयोजना गरेको थियो । सो सभालाई सम्वोधन गर्दै अव नेपालमा अक्टुवर क्रान्ति गरिन्छ । खुल्लम खुल्ला गरिन्छ भनेका थिए । अक्टुवर क्रान्तिका पूर्व तयारीका लागि नेपाली सैनिकलाई आप्mनो कव्जामा लिन जरुरी भएकोले तत्कालीन प्रधान सेनापति रुक्मांगत कटवाललाई बरखास्त गरी आपूm अनुकूलको कुलबहादुर खडकालाई का वा प्रधान सेनापति नियुक्त गरियो । तर तत्कालीन राष्ट्रपति रामबरण यादवले त्यो षडयन्त्र त्यहिनै तुहाई दिए । अन्तत प्रचण्डले सरकारवाट हट्नु परेको थियो । यस पटक सेनालाई अर्कै कोणवाट कव्जा गर्न थालिएको छ । हालै कोरोना भाईरस बिरुद्धको स्वास्थ्य सामाग्री खरीदका लागि सो व्यापारमा संलग्न गराइएको छ ।
प्रचण्ड आपूmले त सकेनन् तर कालान्तरमा ओलीको पार्टी एमालेमा नेकपा माओवादीलदाई मिलाए पछि भने बिस्तारै ओलीले अक्टुवर क्रान्तिको कार्यभार सम्पन्न गनैतिर आप्mनो बल लगाउन थाले । यस क्रममा प्रचण्डको अवस्था ट्राटस्कीको जस्तो हुदै गयो । अक्टुवर क्रान्ति पछि स्टालिनले आपूm शक्तिशाली हुनका लागि ट्राटस्कीलाई समाप्त गर्नै पर्ने थियो । यस्तै परिदृष्य चीनमा पनि देखियो । माओ , चाउ र चाङकाई सेक मिलेर चीनलाई स्वतन्त्र पारे जव सत्ता हात लाग्यो आप्mनो प्रतिस्पर्धी चाङकाई सेकलाई पलायन हुन बाध्य पारे । उ शक्तिशाली भएकोले फर्मोसामा गएर त्यहा आप्mनो नेतृत्वमा सरकार गठन गरेको थियो । नेपालमा पनि तानासाहाले आप्mनो हर्कत देखाई हाल्यो । अन्ततः २०७७ बैशाक ८ गते त्यो पनि फत्ते भयो । दल त्याग र संबैधानिक परिषद् सम्वन्धी ऐनमा संसोधन गर्ने अध्यादेश जारीनै भयो ।
संबैधानिक परिषद सम्वन्धी अध्यादेश जारी गर्नुको मनसाय ससदमा करीव दुई तिहाई बहुमत आप्mनो पक्षमा छ । सरकार सम्पूर्णरुपमा आप्mनो पक्षमा छ । राष्ट्रपति आपूm अनुकुल भएको तथा गुप्तचर बिभाग आप्mनो कव्जामा रहेको अवस्था छ । अव यो अध्यादेशले अरु संबैधानिक अंगहरुलाई आपूm अनुकूल बनाउन संबैधानिक परिषद्मा प्रधानमन्त्रीले एकल निर्णय गर्न पाउने हुन्छ । यसो भएमा अदालत आदी सबै निकाय पंगु हुनेछन । एक दलीय कम्यूनिष्ट तानासाहीका प्रचलित रुपलाई नेपालमा पनि स्थापना गर्न खोजिएको छ । हिटलर पनि जर्मनको संबिधान अनुसार निर्वाचित भएको थियो जो पछि तानासाहा बन्यो ।
दल त्याग सम्वन्धी अध्यादेश जारी गर्नुको मनसाय चाङकाई सेकलाई चीनमा र ट्राटस्कीलाई रुसमा मार्न प्रयास गरिएको थियो तर सफल भएनन । तर अहिले नेपालमा धेरै ट्राटस्की र च्यांग भएकोले प्रधानमन्त्री ओलीलाई त्यस्तो गर्न सम्भव भएन । त्यसैले अर्को कानूनी वाटो रोजियो । सवै प्रतिपक्षी दलहरुमा आन्तरिक बिवाद ल्याईदिने पूmट गराई दिने र एउटा गुटलाई आप्mनो पाटीमा बिलय गराउने । यसक्रममा मधेशवादी दुइवटा दल संघीय समाजवादी दल र रा ज पा नेपालतिर ओलीको तीर तेर्सिनेछ यसका लागि धेरै ठूलो रकमको आवश्यकता पर्ने भएकोले त्यसको जोहो पनि अनेक आर्थिक अनियमितता र घोटलावाट रकम भैसकेको छनक उपेन्द्र यादवले दिई सकेका छन । यस काममा सफलता प्राप्त गरेपछि ओलीको प्रचण्डलाई ट्राटस्की बनाउने र नेकपा एकलौटी बनाउने हुनेछ ।




