काठमाडौं। जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दल दर्ताको निवेदन दिएको छ । समाजवादी पार्टी र राजपाबीचको एकतापछि बनेको जनता समाजवादी पार्टीले बिहीबार बिहान निर्वाचन आयोगमा दल दर्ताको निवेदन दिएको हो । जनता समाजवादी पार्टीले १३८८ दर्ता नंम्बर पाएकाे छ । आवश्यक कागजात पुगे र नाम नजुधे ४५ दिनभित्र जनता समाजवादी पार्टीले कानुनी मान्यता पाउने छ ।
बिहान ११ बजे १६ मिनेटमा दुई दलबीच एकताका लागि भएको सहमति पत्र दर्ता गराइएको थियाे । नयाँ दल दर्ताका लागि उपेन्द्र यादव, राजेन्द्र महतो, शरदसिंह भण्डारीलगायतका नेताहरु निर्वाचन आयोग पुगको थिए । जनता समाजवादी पार्टीको झन्डा यसअघि समाजवादीले प्रयोग गरेको हुनेछ भने चुनाव चिह्न राजपाले प्रयोग गर्दै आएको ‘छाता’ हुनेछ ।
बुधवार मध्यराती मधेस केन्द्रित प्रमुख दल राजपा र समाजवादी पार्टीबीच एकताको सहमाति भएको थियो । नेताहरुको कार्यविभाजन भने भइसकेको छैन।





