ताजा समाचार

मधेश केन्द्रित प्रमुख दुई दल राजपा र समाजवादी पार्टीबीच एकीकरण गर्ने सहमाति

काठमाडौँ। मधेश केन्द्रित प्रमुख दुई दलवीचको एकिकरण गर्ने सहमाति भएको छ । मंगलबार मभ्यराती राष्ट्रिय जनता पार्र्टी र समाजवादी पार्टीबीच एकीकरण गर्ने सहमति भएको हो । एकिकरणपछि नयाँ पार्टीको नाम जनता समाजवादी पार्र्टी नेपाल राखिने सहमति भएको छ ।पार्र्टीको झन्डा समाजवादीको र चुनाव चिन्ह राजपाको राख्ने पनि सहमति भएको गरेका छन ।

राजपाकी वरिष्ठ नेता निर्जला राउतको भैसेंपाटीस्थित घरमा बसेको दुई पार्टीको बैठकले पार्टी एकता गर्ने निर्णय गरेको हो। सहमतिपत्रमा राजपबाट महन्थ ठाकुर, राजेन्द्र महतो, महिन्द्रराय यादव र शरतसिंह भण्डारीले हस्ताक्षर गरेका छन। समाजवादीबाट बाबुराम भट्टराई, उपेन्द्र यादव, अशोक राई र राजेन्द्र श्रेष्ठले हस्ताक्षर गरेका छन्। पार्टीको वरीयता क्रममा महन्थ ठाकुरलाई पहिलो नम्बरमा राखिएको छ।

राजपाका अध्‍यक्षमण्डलका सदस्‍यहरू अनिलकुमार झा र राजकिशोर यादवले सहमतिपत्रमा यसमा हस्ताक्षर गरेका छैन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *