ताजा समाचार

दुर्घटनाउन्मुख नेकपा सरकारको उल्टो यात्रा

वास्तवमा प्रधानमन्त्री केपी शर्मा ओली आफ्नै बोली र व्यवहारका कारण असफल र अलोकप्रिय बन्दै गएका छन । दुर्लव अवसर प्राप्त गरेको दुईतिहाई बहुमत नजिकको सरकार असफल हुँदा राजनीतिक स्थायीत्व, विकास, शुसासनमा समेत ग्रहण लागेको छ । तत्कालिन नेकपा माओवादीले सत्ता स्वार्थका खातिर वाँकी रहेको धेरथोर आस समेत वागमातिमा मिल्काएर एमालेसंग एकता गरेको थियो । कसैले पनि देश र जनताप्रति इमान्दारी देखाएनन भन्ने नेपाली जनतालाई लागेको छ । राजादेखि माओवादी र गणतन्त्रसम्मको व्यवस्था वा त्यसका नेतृत्वकर्ताहरु जनताका बारेमा गमी र संवेदनशील नभएको घटनाक्रमहरु बाट पुष्टि भएको छ । कम्युनिष्ट सरकार,त्यसमा पनि बलियो र शक्तिशाली मानिएको र नाकावन्दिको समयमा केही देखावटी भएपनि अडान राखेकाले केपी ओलीप्रतिको आशा र विश्वास एउटामात्र होइन सयौ परिघटनाका कारण क्षतविक्षत भएको छ । ओली नेकपाको अध्यक्ष र प्रधानमन्त्री हुने भूमिकामा असफल सावित भएका छन । उनको अस्वस्थता मात्र होइन असक्षमता र विपक्षी,प्रेस र वुद्धिजिवी तथा राष्ट्रसेवकहरु प्रतिको धारणा,दृष्टिकोण र सार्वजनिक अभिव्यक्तिले उनले धैर्यता संयमता र आत्मविश्वस गुमाएको स्पष्ट अनुभव गर्न सकिन्छ ।

सुरु देखिनै प्रधानमन्त्री र उनको सरकार,सरकारका मानिस,दल र दलका नेताहरु असफल हुँदै आएका थिए । रेल,पानी जहाज, संमृद्धि र शुशासनको नारामा पूर्णत असफल भएका ओली भ्रष्टाचार र अनियमितताका काममा नराम्रोसंग फस्दै आएका छन । ३३ किलो सुन, वइडवडी, होलीवाइन,उपकुलपति, यती होल्डिङ्स,प्रेस खरिद,स्वास्थ्य सामाग्री खरिदमा समेत भ्रष्टाचार, स्वास्थ्यकर्मीप्रतिको दुरभावना, स्पष्टिकरणजस्ता अनगिन्ति असफलतालाई ओली सफा होइनन र छैनन भन्ने स्पष्ट गरिसकेको थियो । अस्वस्थ हुनु मात्र समस्या नभएर असफल हुनु पनि समस्या भएकाले शासकीय प्रवन्धमा ओली नराम्रोसंग चुकेका छन । पटक पटकका भ्रष्टाचार, अनियमितता र असफलताबाट पाठ नसिकी त्यसको बचाउन गर्ने र त्यसको होदोर्याइ तेहेर्याई घटना घटिरहने प्रविधि तथा लोकतन्त्रप्रतिको कम्युनिष्ट व्यवहार र दृष्टिकोणले राष्ट्रिय एवं अन्र्तराष्ट्रिय रुपमा यो सरकार अविश्वसनीय बनेको हो । यसका अतिरिक्त सी विचार धाराको प्रयोग र अभ्यासको आकांक्षाले सरकारले प्रस्तुत गरेका अधिकांश विधेयक विवादस्पद बनी जनता र सरोकारवालाको शसक्त प्रतिरोधका कारण फिर्ता गर्न पर्ने परिस्थितिले सरकारलाई निकम्वा सावित गरेको थियो । राजनीति,विचार, सिद्धान्त र कार्यक्रम बेगार गरिएको एकताले पूर्णता नपाउदा सत्ता स्वार्थ तथा लेनदेनमा भागवण्डामा कुरा नमिल्दा पार्टी भित्र अनेकता थियो नै त्यसमा आन्तरिक गुट व्यवस्थापन र आश्वसन पुरा गर्न गराउन नसक्दा पार्टी भित्र पनि ओलीलाई असफल बनाउन एउटा समुह लागि परेकै थियो । यतिवेला यो समुह सम्पूर्ण रुपले ओलीलाई सत्ताबाट कुनै पनि हालतमा गलहत्याउनु पर्ने निश्कर्षका आधारमा आफू निकट नेता, कार्यकर्ता तथा मिडियालाई समेत प्रयोग गरी कम्मर कसेर लागेको देखिन्छ ।
सधै सकरात्म सहयोग गरिरहेका प्रतिपक्षप्रतिको प्रधानमन्त्री ओलीको आक्रोश र असन्तुष्टिले उनी स्वविवेमाले नचलेको स्पष्ट हुन्छ ।प्रेसप्रतिको धारणाले निरंकुश बन्ने चहाना व्यक्त गर्दछ । कोरोना संक्रमणको कारण देखिएको समस्यामा प्रधानमन्त्रीले व्यक्त गरेको अभिव्यक्तिले देशमा के भइरहेको छ ? जनता के गरिरहेका छन ? निमुखा जनताको के विजोक छ ? सरकारसंग के अपेक्षा राखिएको छ ? सरकारको दायित्व, जिम्मेवारी र जवाफदेहीता केहो ? गरिव,निसहाय,श्रमजिवी मजदुर र किशानको हालत को छ ? के भइरहेको छ ? भन्ने सरकारको जवाफदेहीता छैन भन्ने देखिन्छ । सरकारको प्रधानमन्त्रीलाई थाहा नभएको पत्रकारलाई कसरी थाहा भयो भन्ने मुर्ख प्रश्न सरकारी सञ्चारमाध्यमलाई बोलाएर तेर्स्याउछन । त्यतिमात्र होइन सरकारी सञ्चार माध्यममार्फत प्रेस, प्रतिपक्ष, नागरिक समाज,वुद्धिजिवी,आफ्नै पार्टीका अन्य सहयोगीहरु संग आइलाग्छन,आगो ओकल्छन । त्यसले प्रधानमन्त्री आफ्नो असफलताका निम्ति अक्षमताका खातिर आफ्नो भूमिका नभएर प्रतिपक्ष,प्रेस, नागरिक समाज त आफ्नै दलका आकांक्षी भएको आरोप लगाएका छन । यस्तो कर्मले सरकार असफल भएको,प्रधानमन्त्रीले धैर्यता गुमाएको र परिवर्तित सन्दर्भमा मुलुकको असहज अवस्थाको सहजताका लागि काम गर्न सरकारले नसक्ने निश्कर्ष निकालेको अनुमान लगाउन कुनै कठिनायी पर्दैन ।

सरकारले खाने बस्ने व्यवस्था नगरेका कारण हप्तौ लगाएर घर पुगेका,निस्केका र बाटोमा अलपत्र परेका निसहाय नागरिकलाई प्रायोजित भनी आरोप लगाउने प्रधानमन्त्री अझ बढी अस्वस्थ्य भएको बुझिन्छ । असजिलोमा खुवाउने नागरिक, स्थानीय सरकार,व्यथा देखाउने पत्रकार,आदेश दिने अदालतसमेतलाई परिचालित देख्ने र उठेका आवजलाई कर्कस ध्वनी ठान्ने प्रधानमन्त्रीका आफ्नै आँखा र कान नभएको देखिन्छ । सारा देशले देखेको र महशुस गरेको कुरा प्रधानमन्त्रीले नदेख्ने र महशुस गर्न नसक्ने अवस्थाले सरकार आफ्ना नागरिकप्रति जिम्मेवार छैन भन्ने स्पष्ट गर्दैनर ? कत्रो विजोग छ, सडकमा वालवालिका, वृद्धवृद्धा,अस्वस्थ नागरिक हैरानी बेहोरी रहेका छन । घामपानी नभनी सडकमै सुतेका छन । खान पाएका छैनन, उपचार छैन । सरकार राज्यविहिनताको अवस्थाप्रति बेखवर भएर आलोचना र विरोधका कारण व्युझिएका प्रधानमन्त्री आफ्नो आक्रोश अभिव्यक्त गर्न सरकारी समाचार माध्यमलाई प्रयोग गर्छन । जसले आक्रोशित बनाएको छ नागरिकलाई,प्रेसलाई,प्रतिपक्षलाई तथा गम्भीर रुपमा विषयवस्तुलाई उठान गर्ने वुद्धिजिबीहरु र सबै नागरिकले सरकारको अविवेकी आदेश पालना गर्छन भन्ने छैन । सरकारी मानिस र विशेषज्ञको राय लिन सक्छ, त्यो वस्तुपरक र यथार्थ नहुन सक्छ । विषयवस्तुको गाम्भीर्यता विषय विज्ञले जति बुझ्छ , अरुले बुझ्न सक्दैनन । जनचेतना जगाएर सम्भावित संक्रमणको जोखिमबाट बचाउन हरदम क्रियाशील चिकित्सक शेरबहादुर पुनलाई सरकारकले निरुत्साहित गर्न खोज्यो । तर, नागरिक प्रतिरोधको अगाडी सरकार घुडा टेक्न बाध्य भयो । असफलाको डिलमा नै पुगेको सरकार र प्रधानमन्त्रीले आफ्ना कमिकमजोरीहरुको समिक्षा र लेखाजोखा गर्नु पर्दैन ?

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *