ताजा समाचार

नेता साउद भन्छन सरकारले ल्याएका दुवै अध्यादेश आपत्तिजनक,असान्दर्भिक र संबिधानको भावना प्रतिकुल छन

काठमाडौं।नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री एनपी साउदले सरकारले सोमवार जारी गरेको संवैधानिक परिषद र राजनैतिक दल सम्वन्धी अध्यादेश आपत्तिजनक,असान्दर्भिक र संबिधानको भावना प्रतिकुल भएको बताएका छन । आफ्नो फेसबुक पेजमार्फत नेता साउदले बर्तमान संबिधान बिरोधी अध्यादेशको सशक्त प्रतिवाद गर्न आग्रह गरेका हुन ।
नेता साउदले दल बिभाजन सम्बन्धी अध्यादेशले ‘थ्रेस होल्ड ‘को प्रबन्धलाई पनि निरर्थक बनाएको धारणा सार्वजनिक गरेका छन । उनले यो अध्यादेशलाई दलहरू टुटाउने र लोकतन्त्रलाई अस्थिर बनाउने चालवाजीका रुपमा लिएका छन । साउदले भनेका छन यसले सत्ताधारी दलमा शक्ति संघर्षको कारणले,प्रतिपक्षी दलमा अहंकारका कारणले र अन्य साना दलहरू कटुता र लघुता उत्पन्न भएर बिभाजन आउने देखिन्छ । जुन देशका लागि दूर्भाग्य हुँने छ ।

संबैधानिक परिषद सम्बन्धी अध्यादेशले लोकतन्त्रको शक्ति सन्तुलनलाई प्रभाबित गरेको भन्दै साउदले आपत्ति जनाएका छन । संबिधानले संबैधानिक अंगको पात्र र दायित्व सर्बस्वीकृतीबाट चयन र सम्पादन गरिनु पर्ने परिकल्पना गरेको स्पष्ट पार्दै नेता साउदले संबैधानिक निकाय प्रमुखहरूको गणितीय बिभाजनले राज्यमा बिभाजन ल्याएर बिघटन र संकटलाई निम्त्याउन सक्छ खतरा बढेको औल्याएका छन ।
हाल उत्पन्न परिस्थितिमा नेपाली काग्रेसले सत्ता राजनीतिको अस्वस्थ र फोहरी खेलमा लाग्नु भन्दा आफ्नो संगठन बिस्तार र आगामी निर्बाचनमा केन्द्रित हुन जरूरी भएको धारणा नेता साउले सार्वजनिक गरको छन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *