काठमाडौं। मंगलवार थप तीन जनामा कोरोना पोजेटिभ देखिएको छ । वीपी कोइरालन स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पीसीआर परिक्षण पोजेटिभ आएको हो । संक्रमितहरु ३०, ६० र ७२ वर्षिय पुरूष छन । क्वारेन्टाइनमा रहेका उनीहरुलाई कोशी कोरोना अस्पताल विराटनगर लगिदै छ । नेपालमा कोरोना संक्रमितको संख्या ४५ पुगेको छ ।
हालसम्म कोरोनाका संक्रमित मध्ये ७ जना निको भएर घर पर्केका छन । ३५ जना कोरोना संक्रमित विभिन्न अस्पतालमा उपचार भईरहेको छ । कोशी कोरोना अस्पताल विराटनगरमा २४ जनको उपचार भइरहेको छ भने आज कोरोना पुष्टि भएका तीन जनाको पनि विराटनगमै उपचार हुनेछ । यसैगरी पाटन अस्पतालमा २ जना, बाग्लुमा १ जना, विरगञ्जमा ४,धनगढीमा २ र भरतपुरमा २ जना कोरोना संक्रमितको उपचार भइरहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले नियमित पत्रकार सम्मेलनमार्फत जानकारी दिए ।
यसै गरी सेती अस्पतालबाट १९ दिनमा एक जना डिस्चार्ज भएका छन भने टेकु अस्पतालबाट २९ दिनपछि ३२ वर्षिय युवा डिस्चार्ज भएका छन ।




