ताजा समाचार

अध्यादेश जारीपछि प्रधानमन्त्रीले किन बोलाए सांसदलाई वालुवाटारमा ?

काठमाडौं।सरकारले अध्यादेश जारी गरेपछि प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले संघीय सांसदरुलाई बालुवाटार बोलाएका छन् ।संघीय सांसदलाई प्रधानमन्त्री ओलीले बुधबार अध्यादेशबारे छलफल गर्न बालुवाटार बोलाएका हुन् । प्रधानमन्त्री ओलीले पार्टीमा छलफल नै नगरी एकलौटी रुपमा ‘राजनीतिक दलसम्बन्धी अध्यादेश’ ल्याएपछि नेकपामा दुई खेमा विभाजित भएका छन् । पूर्वमाअ‍ोवादी र पूर्वएमालेका केही नेताहरु नै प्रधानमन्त्रीसँग रुष्ट छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले संवैधानिक परिषदको काम कर्तव्य अधिकार र कार्यविधिसम्बन्धी पहिलो संशोधन अध्यादेश २०७७ र राजनीतिक दलसम्बन्धी अध्यादेश पारित गरेको थियो ।

त्यसपछि नेकपामा तरंङग पैदा गरेको छ । स्रोतकाअनुसार प्रधानमन्त्रीले अध्यादेशबारे विपती राख्ने सांसदहरुलाई ‘फकाउन’ बालुवाटार बोलाएका हुन् । प्रधानमन्त्रीको उक्त कदमबाट स्वंय अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, झलनाथ खनाल लगायतका नेताहरु असन्तुष्ट छन् । प्रधानमन्त्री ओलीले पछिल्लो समय सरकारले ल्याएको अध्यादेशका विषयमा छलफल गर्न लागेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । प्रधानमन्त्रीले सबैभन्दा पहिले सुदुरपश्चिमका सांसदहरुसँग छलफल गरिसकेका छन् । उनले प्रदेश नम्बर १ का सांसदहरुसँग ११ बजे, बागमतीका सांसदहरुसँग १ बजे, गण्डकी दिउँसो ३ बजे, प्रदेश नम्बर पाँचका सांसदसँग दिउँसो ४ बजे र कर्णाली प्रदेशका सांसदहरुसँग साँझ ५ बजे छलफल गर्ने कार्यक्रम तय भएको थापाले जानकारी दिए । प्रदेश नम्बर २ का सांसदसँग बिहीबार बिहान छलफल गर्ने भएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *