ताजा समाचार

अध्यादेशकाे प्रतिवाद गर्न नेकपा बाहेकका दलसंग कांग्रेसले केन्द्रीय कार्यालयमा छलफल गर्दै

काठमाडाैं।प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले समसामयिक राजनीतिक विषयमा छलफल सुरू गरेकाे छ ।  सत्तारुढ दलबाहेकका अन्य दलहरु संग समसामयिक राजनीतिक विषयमा छलफल सुरू गरेकाे हाे ।

काँग्रेस केन्द्रीय कार्यालयमा जारी बैठकमा सोमबार सरकारले जारी गरेका दुई अध्यादेश र कोरोना भाइरसको सङ्कट समाधान सम्बन्धमा छलफल भइरहेकाे पार्टी कार्यालका सचिव प्रमे केसीले जानकारी दिए । बैठकमा काँग्रेसबाहेक समाजवादी पार्टी, राष्ट्रिय जनता पार्टी नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चालगायत दलका प्रमुख र वरिष्ठ नेतालाई आमन्त्रण गरिएको केसीले जनाए ।

सरकारले सोमबार “संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७७” र “राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७७” अध्यादेश जारी गरेपछि नेपाली राजनीतिमा नयाँ तरंग पैदा भएकाेे छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *