ताजा समाचार

एकै दिन थपिए ११ कोराना संक्रमित, नेपालमा संक्रमितकाे संख्या ४२ पुग्याे  

काठमाडौँ।उदयपुरमा आज थप ११ जनामा कोभिड-१९ को सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड-१९ को परीक्षणका क्रममा ११ जनामा सङ्क्रमण देखिएको बताए ।

मन्त्रालयका अनुसार धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्षण गर्दा आठजना र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गरिएकामा दुईजनाको सङ्क्रमण देखिएको थियो । ती सङ्क्रमित यसअघि उदयपुरको त्रियुगा नगरपालिकाको भुल्केस्थित मस्जिदमा रहेका सङ्क्रमितमध्येकै समुदाय नै हुन ।

यति धेरैको सङ्ख्यामा सङ्क्रमित देखिएको यो दोस्रो पटक हो । यसअघि वैशाख ५ गते उदयपुरमा एकै पटक १२ जनामा सङ्क्रमण देखिएको थियो । यसअघि आजै नै उदयपुरका ३३ वर्षीय पुरुषमा सङ्क्रमण देखिएको थियो । योसँगै उदयपुरमा सङ्क्रमितको सङ्ख्या २४ पुगेको छ । यो तीन महिनामा सङ्क्रमितको सङ्ख्या ४२ पुगेको छ । नेपालमा पहिलो पटक माघ ९ गते र दोस्रो पटक चैत १० गते विदेशबाट आएकामा सङ्क्रमण देखिएको थियो ।

प्रवक्ता अधिकारीका अनुसार आज पुष्टि भएका सङ्क्रमितमा दुई १८, एक २०, एक ४०, दुई ४१, अर्का ५२ र ५८ वर्षीय पुरुष, ३६ वर्षीय महिला र एकजना उमेर नखुलेको महिला रहेका छन् ।उनीहरु सबैको बिराटनगरस्थित कोशी अस्पतालमा उपचाररत रहेका छन् ।

यसैगरी अन्य थप ६९ जनाको विराटनगरस्थित कोशी अस्पतालमा परीक्षण गर्दा आठजनामा सङ्क्रमण देखिएको थियो ।  नेपालमा रहेका सङ्क्रमितमध्ये पाँच जना उपचारपछि घर फर्किसकेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *