काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का बरिष्ठ नेता माधवकुमार नेपालले पार्टी एकतालाई मजवुत बनाउने काममा लाग्न आम नेता कार्यकर्तालाई अपील गरेका छन् । पूर्वप्रधानमन्त्रीसमेत रहेका बरिष्ठ नेता नेपालले मंगलबार एक बिज्ञप्ती जारी गर्दै हाल बिकसित कतिपय घटनाक्रमले पार्टीभित्र अनेकौं आशंका र चिन्ता उत्पन्न भएको पाइएको छ, यस्तो अवस्थामा हामीले सिंगोपार्टी पंक्तिलाई भावनात्मक रुपमा एकतावद्ध बनाउन जिम्मेवारीका साथ अघि बढन आग्रह गरेका हुन ।
‘ पार्टीलाई बिधिका अधारमा सहमति, समझदारी र बिश्वासका साथ अघि बढाउने कुरामा आआफ्नो ठाउँबाट योगदान गर्न पनि म सवैलाई आग्रह गर्दछु,’ वरिष्ठ नेता नेपालले जारी गरेको विज्ञप्तिमा भनिएको छ । नेपालले बलियो र एकताबद्ध पार्टीबाट मात्र आमूल परिवर्तनको नेतृत्व गर्न र जनताले सुम्पेका जिम्मेवारी कुशलताका साथ पूरा गर्न सक्ने धारणा राखेका छन् । नेकपाको ७१ औं स्थापना दिवसका सन्दर्भमा नेपालले अपिल जारी गर्दै पार्टीमा सुदृढ एकताका लागि जोड दिएका हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले सोमबार राजनीतिक दल अलग गर्न मिल्ने गरी अध्यादेश ल्याएपछि पार्टीभित्र अनेक आशंकाहरु उब्जिरहेका बेला यस्तो अपिल आएको हो । ‘राष्ट्रिय राजनीतिमा नेपाल कम्युनिस्ट पार्टीले निर्वाह गरिरहेको नेतृत्वदायीभूमिका पार्टीको विधि–पद्घतितथा संगठनात्मक प्रणाली, नेतृत्वतहबीचको विश्वास, कार्यकर्ताहरुबीचको एकताबद्ध सहकार्य र जनसमुदायको समर्थनबाट मात्र सफलताका साथ पूरा गर्न सकिन्छ । यसर्थ, यस चुनौतीपूर्ण घडीमा म सबै नेता–कार्यकर्ता, सदस्य र शुभेच्छुकहरुलाई पार्टी एकताप्रति संवेदनशील रहन, पार्टीलाई एकताबद्ध बनाइराख्न र आपसी हार्दिकता अभिवृद्धि गर्दै पार्टी काममाक्रियाशील रहन आव्हान गर्दछु’, जारी गरिएको अपिलमा भनिएको छ । उनले हाल विकसित कतिपय घटना क्रमले पार्टी भित्र अनेकाै आशंका र चिन्ता उत्पन्न भएको पाइएको भन्दै यस्तो अवस्थामा हामीले सिंगो पार्टी पंक्तिलाई भावनात्मक रुपले एकताबद्ध बनाउन जिम्मेवारीका साथ अघि बढ्नु पर्ने जनाएका छन् । ‘पार्टीलाई विधिका आधारमा सहमति, समझदारी र विश्वासका साथ अघि बढाउने कुरामा आ–आफ्नो ठाउँबाट योगदान गर्न पनि म सबैलाई आग्रहगर्दछु ।
व्यक्तिवाद, संकीर्ण स्वार्थ, व्यक्तिगत आग्रह वा अहम्बाट वा कुनै प्रकारको आक्रोश, भावावेस वा अनावश्यक आशंका र अविश्वासबाट प्रेरित वा प्रभावित नभई पार्टी एकताको मर्म, भावना र उद्देश्यलाई दह्रोसँग पक्रिएर अघिबढ्नु हामी सबैको दायित्व हो भन्ने कुरा म स्मरण गराउन चाहन्छु’, उनले अपिलमा भनेका छन् । वरिष्ठ नेता नेपालले कोभिड–१९ को महामारीले विश्वसहित नेपाललाई आक्रान्त पारिरहेको बेला नेपाल सरकार तथा सरकारको नेतृत्वगरिरहेको पार्टीका हैसियतले सिंगो राष्ट्र, हाम्रो पार्टी सहितअन्य पार्टीका नेता, कार्यकर्ता र जनताको ध्यान महामारीको संक्रमणका बिरुद्ध लड्ने काममा केन्द्रित हुनुपर्ने र । यस्तो विषम परिस्थितिमा सरकार र पार्टी कहींबाट पनिमूलजिम्मेवारीबाट ध्यानअन्यत्रमोड्ने, संविधान र कानूनी शासनका मान्यतामा प्रहार हुने, अविश्वास र आशंका उत्पन्न हुने तथा पार्टीको एकतामा आघात पुग्नसक्ने काम–कुरा हुनुहुदैन समेत बताएका छन्
।
‘विश्व स्वास्थ्य संगठनले जारी गरेका मापदण्ड र नेपाल सरकारले गरेका निर्णयहरुको पालनागर्दै आफू पनि सुरक्षित रहँदै जनताको स्वास्थ्य र जीवन सुरक्षामा केन्द्रित रहन र जन सेवाको भावनाबाट अग्रसर हुन म सबैलाई हार्दिक अनुरोध गर्दछु’, उनले अपिलमा भनेका छन् ।




