काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय पदाधिकारी वैठक सम्पन्न भएको छ । पदाधिकारी बैठकले सरकारले सोमवार ल्याएको संवैधानिक परिषद र राजनैतिक दल सम्वन्धी दुई अध्यादेश फिर्ता लिन आग्रह गरेको छ । सरकारले गलत समय, गलत नियत र नियोजित ढंगले गरेको निर्णयप्रति सरकारको ध्यानकर्षण गराएको छ ।
सरकारले ल्याएका दुवै अध्यादेश कोरोना लड्नु पर्ने विषय असम्वन्धित अध्यादेश फिर्ता लिन अग्रह गरेको छ । राष्ट्रपतिले छलफल नगरि हठाहत अध्यादेश जारी गरेकोमा कांग्रेसले आपत्ति जनाएको छ ।
सभापति शेरवाहदुर देउवाको सभापतित्वमा बुढानिलकण्ठमा बसेको वैठकमा वरिष्ट नेता रामचन्द्र पौडेल, उपसभापति द्वय विमलेन्द्र निधि, विजयकुमार गच्छदार, महामन्त्री द्वय डा.शसांक कोइराला, पुर्णबहादुर खड्का,सहमहामन्त्री डा.प्रकाशशरण महत, पूर्वसभापति गोपालमान श्रेष्ठ, पूर्वमहामन्त्रीहरु प्रकाशमान श्रेष्ठ,कृष्णप्रसाद सिटौला सहभागी थिए ।
पदाधिकारी बैठकले अलोकतान्त्रिक र असंवैधानिक विधेयक तत्काल फिर्ता लिन आग्रह गरेको छ ।





