काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले समाजवादी नेपालका नेता अशोक राईलाई कार्यालयमै बोलाएर भेटेकी छिन् । राष्ट्रपति कार्यालय स्रोतका अनुसार राइलाई बोलाएर राष्ट्रपतिले किन भेटिन भन्ने बारेमा केही खुलेको छैन ।
प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक दल सम्बन्धी कानुन अध्यादेश मार्फत संशोधन गरेर जारी भैसकेपछि राईले राष्ट्रपति भण्डारी भेट गरेको खुल्न आएको छ । अत्यन्तै गोप्य राख्न खोजिएको भएपनि कार्यालय स्रोतले भन्यो ’राई तीन पटक राष्ट्रपतिलाई भेटन आएका थिए तर कुराकानीचाहि के विषयमा भयो थाह भएन ।’ सत्तारुढ दल नेकपाभित्रको आन्तरिक राजनीतिमा राष्ट्रपति विद्यादेवी भण्डारी बेलाबखत चासो लिने गर्छिन् । चासो मात्र होइन, उनले कतिपय अवस्थामा नेकपाको निर्णयमा हस्तक्षेप नै पनि गदै आएको चर्चा नयाँ भने होइन ।
सोमबार मन्त्रिपरिषद् वैठकले पारित गरेको अध्यादेश जारी गर्न राष्ट्रपति कार्यलय पुग्ने वित्तिकै उनले १५ मिनेटको अन्तरालमै किन जारी गरिन् ? उनले यस विषयमा सरकारको आवश्यकता के थियो रु भन्ने बारेमा प्रधानमन्त्री वा सरकारका मन्त्रीहरुसँग कुनै जानकारी नै नलिई एकाएक कसरी पुग्ने वित्तिकै जारी गरिन् ? भन्ने प्रश्न उठिरहेका बेला समाजवादी पार्टीका नेता राईसँगको भेटले राजनीतिमा नयाँ समीकरण हुने हल्ला चलेको छ । यसका लागि वातावरणराष्ट्रपति भण्डारीले नै भित्री रुपमा बनाएको पनि बताइन्छ ।
ओलीले अध्यादेशभित्र एउटै तीरले तिन तिर तिर हान्ने योजनाका साथ अध्यादेश ल्याएको देखिन्छ । समाजवादी पार्टीका अशोक राई, राजेन्द्र श्रेष्ठ , मोहम्मद इस्तियाक राई, रेणु यादव लगायत समाजवादीका नेताहरुलाई उक्त पार्टीवाट अलग गराउने योजनामा यो अध्यादेश ल्याइएको बताउन थालिएको छ । त्यसका लागि राष्ट्रपति भण्डारीले समाजवादीका नेता राईसँग तीन चरणमा छलफल भईसकेको छ ।




