काठमाडौं । कोरोना भाइरसको महामारीले विश्वव्यापी रुप लिएपछि विश्वजगत नै तहसनहस भएको छ । महामारीले त्राशले विभिन्न देशले अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध भएपछि नेपालमा हजारौंको संख्यामा विदेशी पर्यटन अलपत्र परेका थिए । नेपालमा अलपत्र परेका आफ्ना नागरिकहरुलई विभिन्न देशले जहाज पठाएर लगिरहेको छ ।
आज रुसले आफ्ना देशका १ सय १० जना रुसी नागरिक लगेको छ । रुसबाट काठमाडौं आएको रुसको वायुसेवा कम्पनीको जहाज मस्को उडेको हो ।
साढे १० बजे काठमाडौं अवतरण गरेको जहाज काठमाडौंबाट १वजे मस्कोका लागि उडेको थियो । मस्कोबाट काठमाडौंसम्मको हवाई दूरी साढे ६ घन्टा हाराहारीको रहेको छ।




