काठमाडाैं।अफगानिस्तानको राष्ट्रपति कार्यालय भित्र काेराेना भाइरस छिरेकाे छ । राष्ट्रपति कार्यालयमा कार्यरत दर्जनौँ कर्मचारीमा कोरोना सङ्क्रमण देखिएको समाचार बाहिर आएका छन ।
अफगानिस्तानको सरकारले यसबारेमा मैन रहेपनि आइतवार द न्यूयोर्क टाइम्सले सङ्क्रमित हुनेको सङ्ख्या ४० पुगेको जनाएको छ। ७० वर्षीय राष्ट्रपति असरफ गनी अस्थावारे भने खुलाइएकाे छैन ।
कोरोनाबाट राष्ट्रपति कार्यालयमा २० जना सङ्क्रमित भएका छन्। मानिसहरू नआत्तिऊन् भनेर यसलाई बाहिर नल्याइएको हो,” एएफपी समाचार संस्थाले उल्लेख गरेकाे छ । अफगानिस्तान सरकारले अनुसार ९३३ जनामा कोरोनाको सङ्क्रमण देखिएको र ३३ जनाको मृत्यु भएको जनाएकाे छ ।
दशकौँ लामो द्वन्द्वकाे भूमरीमा फसेकाे अफगानिस्तानमा कोरोना भाइरसको सङ्क्रमित सरकारले जनाए भन्दा धेरै भएको अनुमान गरिएकाे छ । कमजाेर स्वास्थ्य प्रणालीका कारण द्रुत गतिमा परिक्षण नहुँदा संक्रमितकाे संख्या कम देखिएकाे अनुमान छन ।




