ताजा समाचार

काेराेनाले ४१ हजारभन्दा बढी अमेरिकी नागरिककाे ज्यान लग्याे,साढे सात लाखभन्दा बढी सङ्क्रमित

एजेन्सी। अमेरिकामा कोरोनाभाइरसको सङ्क्रमणका कारण मृत्यु हुनेहरूको सङ्ख्या ४१ हजार नाघेको छ। जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार त्यहाँ सङ्क्रमित हुनेहरूको सङ्ख्या साढे सात लाखभन्दा बढी छ।

न्यूयोर्क राज्यमा सङ्क्रमणको दर क्रमिक रूपमा कम हुँदै गएका बेला गभर्नर एन्ड्र्यू कोउमोले आफ्नो राज्यमा “आक्रामक रूपमा” एन्टीबडी परीक्षण गरिने बताएका हुन्। कोउमोका अनुसार उक्त परीक्षण अमेरिकी खाद्य तथा औषधि नियामक फुड एन्ड ड्रग एडमिनिस्ट्रेशन एफडीएले स्वीकृत गरेको छ र प्रत्येक हप्ता १४ हजारसम्म मानिसको परीक्षण गरिनेछ।नियमित पत्रकार सम्मेलनका क्रममा आइतवार राष्ट्रपति डोनल्ड ट्रम्पले ४० लाखभन्दा बढी अमेरिकीहरूको परीक्षण गरिसकिएको र परीक्षण “तीव्र गति”मा अगाडि बढाइएको बताएका छन्।

अमेरिकामा सबैभन्दा बढी मृत्यु न्यूयोर्क राज्यमा भएको छ। कुल ४१ हजार ज्यान गुमाउनेमध्ये करिब १४ हजार ५०० न्यूयोर्कमा छन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *