नेपालको राजनीतिक वृत्तमा सत्तारुढ दलको अपरिपक्कता र अकर्मण्यताले मुलुकमा भयाभह अवस्था सिर्जना हुँदै गएको छ । सरकारको गैरजिम्मेवार प्रस्तुतिले कोरोना भाइरसबाट सिर्जित महामारीसंग जुध्ने अवस्थाको निर्माण हुन सकेको छैन । श्रमिक,मजदुर र न्युन आए भएका मानिसहरुको रोगले भन्दा भोकले ज्यान जाने अवस्थाको आएको छ । गरिव र मजदुरको नारा उठाएर सत्तामा पुगेका प्रधानमन्त्री ओलीले अहिले संवेदनहीन र अमानवीय हर्कत प्रस्तुत गरेका छन । लकडाउनपछि उपत्यकामा प्राण धान्न नसकेर भोकभोकै सयौ माइलको पैदल यात्रा गरेर घरफर्कने नागरिकहरु प्रति प्रधानमन्त्री झनै निर्मम बने । राज्यका अभिभाक प्रधानमन्त्री ओलीले श्रमिक,मजदुर,असाहय र निरिह जनताहरुको कारुणिक दृष्य देखेर पनि नदेखे जस्तो गरे । उनले सदाचार र शुसाशनको जगै हल्लाइदिए । राज्यका अंगहरुलाई निकम्वा बनाए ।
प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना संकटको बिषयमा देशवासीका नाममा दिएको सन्देशको निकै चर्चा भयो । आप्mनो पार्टीलाई वाईपास गर्ने यत्रो राष्ट्रिय बिपद्को समयमा प्रधानमन्त्री ओलीले अरु प्रतिपक्षी राजनीतिक दलहरुसंग सहकार्य गर्ने त मतलवनै राखेनन ।
मुलुकमा प्रतिपक्षी दल नभए जस्तो व्यबहार गरेर प्रधानमन्त्रीले असहिष्णु मात्र देखिएनन् निर्दलीय चरित्र पनि उदांग पारे । पार्टीको सचिवालयको बैठक सोही दिन अपरान्ह चार बजे समय तोकिएको थियो जवकि सोही पार्टीका अध्यक्षसमेत रहेका प्रधानमन्त्रीले पार्टीको सोच के छ भन्नेसम्म पनि नपर्खि सोही दिनकै ११ बजे देशवासीका नाममा सन्देश दिएका थिए । यसले आफ्नाे पार्टीलाई त बेवास्ता गरे । हुनत आफु पार्टीको नेतृत्व बाहिर हुँदा झलनाथ पार्टी र सरकारको नेतृत्वमा हुँदा ओलीले गरेको हुर्मतको बिबरण बेग्लै छ । त्यसैले पार्र्टीसंगको सम्वन्ध कटुतापूर्ण छ नै प्रतिपक्षी दलहरुलाई यत्रो यस्तो संकटको घडीमा सहयोगका लागि एक अक्षर पनि खर्च गरेनन् ।
एमाले अध्यक्ष झलनाथ खनाल प्रधानमन्त्री भएपछि केपी ओलीले दिएको अन्तरवार्तामा उहाँले पार्टी मान्नु नपर्ने देश र जनताप्रति वास्ता गर्नु नपर्ने,पद छेपारोले हाँगो समातेँ झैं समातेर बस्नुपर्ने अरु कुरामा वास्ता गर्न नपर्ने ? शान्ति प्रक्रियाको स्थिति यस्तोछ ? चासो दिनु नपर्ने जनता मारिएको मरियैछन । प्रधानमन्त्री पाएकोमा उहाँ ढुक्क दंग हुनुहुन्छ । सबै राम्रो छ भन्ने भ्रम छ । उहाँ केही गर्न जानु भएको हो की कुर्सीमा बस्न खान मात्रै ? एउटा मान्छेका लागि हामी देशलाई बलिदान दिन सक्दैनौ । अरु कुरा उहाँ बुझ्नुहुन्न र बुझ्ने ध्याने पनि दिनुभएको छैन । उहाँमा जुन सामन्तवादी सोच छ त्यो हामी हटाउँछौ । स्वेच्छाचारिताको जुन चरम छ त्यसको हिसाब किताब निकाल्छौँ । प्रधानमन्त्री बनाउनुको अर्थ स्वच्छचारी ढंगले नालायक भ्रष्ट सरकार चलाउनु होइन । यो दलीय व्यवस्था हो तर दलको मतलब छैन अध्यक्ष मात्र निर्वाचित हुन् र ? हामीले लोकतन्त्रिकरणका लागि पार्टीभित्र सामूहिक नेतृत्व रोजेका होइनौ ? अहिले उहाँमा राणाशासनको प्रेत जागेको छ ।
ठ्याक्कै दुई महिनापछि स्थायी समिति बैठकमा पहिलोपटक मन्त्रिमण्डल विस्तार सम्बन्धी प्रस्ताव ल्याउनुभयो । जम्माजम्मि एउटा गुटका मान्छेको नाम निर्लज्जसाथ प्रस्तुत गर्नुभयो । मापदण्ड बनाउँ भन्दा पनि मान्नुभएन । केही सन्तुलन मिलाऊँ भन्दा पनि उहाँ तयार हुनुभएन । उहाँसंंग कुनै तर्क र युक्तिसँगत आधार छैन । तर बैठकको माइनुट लेख्ने बेलामा एमाले सचिव युवराज ज्ञवालीलाई फेरि समितिमा ल्याउने भन्ने बाक्य चै नलेख्नुस है भन्नुभयो म सुनिरहेको थिएँ । बैठकबाट तल ओर्लेर संचारकर्मीसँग आफैलाई निर्णय गर्ने अधिकार दिइयो भन्नुभयो । यस्तो जाली फटाहा काम नगर्न भनेको हो मैले भनेका कुरा हुन ।
ओलीको आरोपको जवाफमा कान्तिपुरमानै प्रधानमन्त्री झलनाथ खनालले अन्तर्वाता दिने क्रममा हामी यो देशलाई समुन्नत लोकतन्त्रमा पुर्याउन चाहन्छौ । त्यसले पार्टी संगठित होस् , बाहिर जोसुकैलाई मौलिक हक दिएको छ । त्यो मौलिक हक जोकसैलाई कसरी प्रयोग गर्छौं त्यो प्रश्न सबैका अगाडि झुन्डीएको हुन्छ । म कसैले केहीकुरा भन्यो भनेर बुरुक्क उफ्रने मान्छे होइन । म सबैका कुरा आरामपूर्वक सुन्न सक्छु । जतिसुकै कडा आलोचना सुन्न सक्छु बुझ्छु । तर पनि म प्रतिक्रियाशिल नेता होइन । धैर्यपूर्वक सुन्छु । ठिकबेठिक छुट्ट्याउँछु । आफ्ना कुरा आफ्नो प्लेट्फर्ममा प्रयोग गर्छु । म गलत प्लेटफर्ममा आफ्ना आबेग नपोखिउन भन्नेमा सचेत छु भनेका छन ।
सरकार प्रमुख भएपछि शासन सत्ता चलाउलने शैली
हरेक तानासाहाहरु आप्mनो कुरा जनता सामु राख्दछन जनताका आर्तनाद सुन्न चाहादैनन् । आप्mना भारदार र ताबेदारहरुका भाटगिरीको घेराबन्दीमा हुकुमी शासन चलाउने चलननै चलेको इतिहास छ ।
जर्मनीका तानाशाह एडोल्फ हिटलरको पार्टीको नाम राष्ट्रिय समाजवादी जर्मन मजदुर पार्टी थियो । हिटलर आफूलाई प्रजातन्त्रवादी भन्न पनि रुचाउथे । तत्कालीन जर्मनको संबिधान बमोजिम स्थापना भएको सो पार्टी आम निर्वाचनमा सबैभन्दा ठूलो पार्टी बन्यो । अनि सरकार बनाउने मौका पायो । जसको फलस्वरुप छिटै जर्मनी जनतालाई आफ्नो बिचारमा सहमत गराएर राज्य संचालनको सबै अधिकार आफूमा निहित गराउन हिटलर सफल भएका थिए । त्यसवेला जर्मनी सरकारमा हिटलर र गोएबल्स वाहेक अरु कोही छैनन् जस्तो अवस्था थियो । दुवैको नीति प्रतिपक्षीको बिचार नसुन्ने र अस्तित्वलाई अस्वीकार गर्ने थियो । एउटा असत्य कुरालाई धेरै पटक दोहोर्यानयो भने सत्य हुन्छ भन्ने गोएवल्सको सिद्धान्त र भनाई अहिले गोएवल्स शैलीको रुपमा परिचित छ ।
निरंकुशताको भोक मेट्न राजा महेन्द्रले पहिलो जननिर्वाचित नेपाली काँग्रेसको सरकारलाई सेनाको सहयोगमा अपदस्त गरे । राष्ट्र , राष्ट्रियता र जनताको हितमा भन्दै सम्पूर्ण राज्यसत्ताको अधिकार आफ्नो हातमा लिए । संसदीय व्यवस्था उपयुक्त हुनसकेन भन्ने भ्रमात्मक शव्दको प्रयोग गरे । देशको निमित्त संसदीय व्यवस्थाको मूलभूत अनुपयुक्ताले यस्तो स्थिति उत्पन्न हुन गयो । जसले गर्दा हामीवाट बि.सं.२०१७ साल पौष १ गतेको कदम उठाइबक्सनु प¥यो भनी तानाशाही कदम चाले ।
यस्तो संस्कारलाई राजा ज्ञानेन्द्रले पनि निरन्तरता दिए । १९असोज २०५९ को शाही घोषणामा नेपाल र नेपालीको बृहत्तर हितनै हाम्रो लक्ष्य हो । नेपालको राजसंस्था सदा लोकसम्मतिबाट संचालित भएको इतिहास साक्षी छ । प्रजातन्त्रप्रतिको हाम्रो प्रतिबद्धता हामीले बारम्बार दोर्होयाई आएका छौं भनेका थिए ।
नेपाली काँग्रेसको प्रयास
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले निकै दिन अघि यो संकटको घडीमा सरकारलाई नेपाली काँग्रेसको पूर्ण सहयोग हुन्छ भनेको कुरा र सोही बिषयमा नेपाल कम्यूनिष्ट पार्टी (नेकपां)का तीन सहित पाँच पूर्व प्रधानमन्त्रीहरुसंगको टेलिफोन वार्तावाट र हालै भएका पार्टीको पदाधिकारी बैठकले समेत सोही कुरालाई दोहोराएको बिषयलाई कसैले पनि लुकाएर लुकाउन सक्दैन । यो सवै संकटको घडीमा राष्ट्रिय सहमति निर्माण गर्ने अथक प्रयास थियो । यसलाई सत्तारुढ पार्टी र सरकारले बिलकुलै उपेक्षा गरेको थियो । यसको परिणाम अहिले अरु दल र नेपाली जनताले पनि महसुस गर्न थालेका छन ।
प्रधानमन्त्री के पी ओलीले देशवासीका नाममा दिएको सन्देश
गत चैत ७ गतेको सम्बोधनमा मैले यस महामारीसँग जुध्नका लागि हाम्रो आप्mनै व्यवहार र दैनिकीमा परिवर्तन गर्न आग्रह गरेको थिएँ । यतिखेर ‘जीवन कि वैयक्तिक स्वतन्त्रता ?’ जस्ता प्रश्नमा अलमलिनु हुँदै हुन्न भन्नेमा जोड दिन चाहन्छु । जीवनको रक्षा नै सबैभन्दा महत्वपूर्ण मानव अधिकार हो र विश्व मानव जाति र मानवीय सभ्यताको रक्षा आजको विश्वको प्राथमिक महत्वको काम हो भन्ने कुरा स्पष्ट पार्न चाहन्छु । यो हामी सबैको साझा लडाईं हो र समाजको हरेक सदस्य यस लडाईंमा आफैं एउटा सिपाही हो भन्ने कुरा हामीले मनन गर्न सक्नु पर्दछ भनेका छन ।
यहि सम्बोधनमाथि गगन थापाले प्रश्न उठाउँदै प्रधानमन्त्री ओलीले सम्बोधनमा अहिलेको अवस्थामा जीवन र वैयक्तिक स्वतन्त्रतामध्ये एक चयन गर्न आग्रह गरेर अवाक् बनाइदिएको छ । भरसक सहभागी नै गराउन नहुने खरिद प्रक्रियामा भने सेनाको सहयोग मागिएको छ । स्वास्थ्य सामाग्री खरिद प्रकरणमा देखिएको कमजोरी र अनियमिताका कारण यो संकटमा हामीले गर्नुपर्ने तयारी प्रभावित भएकोमा जनताद्वारा व्यक्त व्यापक चिन्ता र आक्रोश तपाईंका लागि आधारहीन र प्रायोजित आरोप मात्र हुन । कोरोना भाइरस संक्रमणविरुद्धको यो लडाईंमा तपाईँले आम नागरिक, प्रतिपक्ष सबैको ठूलो साथ र सहयोग पाइरहनु भएको छ । तर पनि पूर्वाधार निर्माणमा भएको कमजोरीका कारण संक्रमण ढिलो सुरु भएर तयारीका लागि हामीले पाएको अमूल्य समय त्यसै खेर गएको छ । यी चुनौतीहरूको पहिचान गर्दै केही कुरामा सच्याएर अघि बढौं भन्दा ‘निहीत स्वार्थ पूरा गर्न चलाइएका प्रचारबाजी र बेमौसमी बाजा भनेर आक्षेप त लगाउनु हुन्न ।
मानव जातिमाथि नै जाइलागेको यो अदृष्य शत्रुसँग लड्न सम्पूर्ण प्रतिपक्ष, नागरिक समाज, सिङ्गो देशका जनताले सरकारसँग गरिरहेको हातेमालो, अभूतपूर्व समर्थन र ऐक्यबद्धतालाई उपेक्षा गर्दै सम्बोधनमा प्रयोग भएको असहिष्णु भाषाले सरकारले सहकार्य गर्न आवश्यक नठानेको नकारात्मक संदेश गएको छ ।
तर राज्यसँग थप जवाफदेहिताको अपेक्षा राखेर बाटो देखाउनु पर्ने यस्तो बेला जीवन र वैयक्तिक स्वतन्त्रताबीच चयन गर्ने आग्रह गरेर तपाईँले अवाक् बनाइदिनुभयो । के सोचेर ’जीवन वा वैयक्तिक स्वतन्त्रता’ मध्ये एक रोज्न आग्रह गर्नु भएको हो ? के वैयक्तिक स्वतन्त्रता बिनाको जीवनको कल्पना गर्न सकिएला ? अनि के वैयक्तिक स्वतन्त्रता निलम्बित हुँदा जीवन बचाउने लडाइँ लड्न सजिलो हुने हो ? तपाईंले यसको पनि सन्दर्भ स्पष्ट पार्नु नै हुनेछ । भनिएको छ ।
पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले जीवन र स्वतन्त्रता दुबै चाहिने , यस्तो बेलामा जीवन वा स्वतन्त्रता भन्ने होइन, हामीलाई जीवन र स्वतन्त्रता दुबै चाहिन्छ , जीवनको रक्षा नै सबैभन्दा महत्वपूर्ण मानव अधिकार हो र विश्व मानव जाति र मानवीय सभ्यताको रक्षा आजको विश्वको प्राथमिक महत्वको काम हो भन्ने कुरा स्पष्ट पार्न चाहन्छु भनेका छन ।
पूर्वप्रधानसेनापति गौरव शमशेर जबराले सेतोपाटीसँग कुरा गर्दै अरू निकायलाई बेवास्ता गरेर सरकारले सेनालाई नै स्वास्थ्य सामान खरिद जस्तो गैर सैनिक काम दिनुपछाडि असल नियत नभएको ।‘सेनालाई यस्ता जिम्मेवारी दिनु भनेको अख्तियारको छानबिनबाट जोगाउनु हो भनेर धेरैले शंका गरेका छन । यसपटक पनि त्यो पुष्टि भएको छ, औषधि सरसामान खरिद गर्ने अरू निकाय हुँदाहुँदै किन सेना ? जिटुजी प्रक्रियाबाट गैर सैनिक सामान खरिद गर्दा सेनाको कुनै जरूरी नपर्ने ’जिटुजी प्रक्रियाबाट खरिद गर्ने भनेको कूटनीतिक काम हो । सेनाले कूटनीति गर्ने होइन । अहिले गर्न लागेको काम सेनाको कार्यक्षेत्रबाहिर भएकाले यसले सेनालाई बदनाम गराउने । सेनालाई यसरी बाहिर निकाल्दा राष्ट्रिय सुरक्षा परिषदमार्फत् गराउन पर्ने । सरकारका गलत कार्यको ढाकछोप गर्नलाई सेना प्रयोग भएको छ । ’विपद व्यवस्थापको जिम्मेवारी गृह मन्त्रालयलाई दिइएको हुन्छ । गृहले गर्ने हरेक गतिविधिमा अख्तियारले निगरानी राख्न पाउँछ भन्ने धारणा रहेको छ ।
कांग्रेस सभापतिले पूर्व प्रधानमन्त्रीहरुसंगको टलिफोन वार्ता संकट समाधानका लागि राष्ट्रिय सहमति जुटाउनका लागिनै हो । तर प्रधानमन्त्रीले आप्mनो भाषणमा राष्ट्रिय सहमतिको आवश्यकतालाई महसुस गरेको छैन । यस्तो कुनै कुराको बिषय उल्लेख गरेको छैन । बरु पार्टी अध्यक्ष प्रचण्डले इमेज च्यानलसंगको अन्तरवार्तामा कोरोना रोकथामका लागि प्रतिपक्षी दलसहितको उच्चस्तरीय संयन्त्र बनाउनुपर्ने सबै राजनीतिक दल रहेको संयन्त्र बनाउनुपर्ने उच्चस्तरीय संयन्त्र बनाउनुपर्ने कुरा पार्टी सचिवालय बैठकमा समेत राखेको छु । सत्तापक्ष, प्रतिपक्ष र महत्वपूर्ण व्यक्ति रहेको संरचना नै बनाएर यसको मुकाबिला गर्नेतर्फ जानुपर्छ । त्यस खालको संरचनाले जनतामा विश्वास पैदा गर्ने आफूलाई लागेको छ भनेका छन ।
यी सवै घटनाक्रमले अहिलेको नेपाल सरकार र त्यसका प्रधानमन्त्री के पी ओलीबाट नेपाली जनताले आशा राख्ने ठाउँ छैन । पूर्व प्रधानसेनापतीले त स्पष्टसंगनै स्वास्थ्य सामाग्री खरीद प्रक्रियामा सरकारको सरकारको नियत खराव देखेका छन । देशको प्रधानमन्त्री आफै रोगी भ्रष्टचारले थिलथिलो भएको देशको अर्थतन्त्र मुर्झाएको अवस्था र कोरोना भाइरसले रोगी बनाएको मुलुकको भबिष्य अन्धकार छ । यसले कोरोनाको संकटवाट पार पायो भनेपनि यो देशमा लोकतन्त्रका लागि फेरि आन्देलन गर्नु पर्ने छ ।




