काठमाडौँ।ज्वरो नाप्ने थर्मल गन कालोबजारी गरेको आरोपमा पक्राउ परेका सुलभ अग्रवाललाई अनुसन्धान लागि पुन चार दिन म्याद थप भएको छ ।
विश्वभर महमारीका रूपमा फैलिएको कोरोना भाइरसको ज्वरो नाप्ने थर्मलगन कालोबजारी गर्दागर्दै पक्राउ परेका शंकर ग्रुपका संचालक अग्रवालमाथि अनुसन्धान गर्न प्रहरीले तेस्रो पटक समय मागेको थियो । काठमाडौं जिल्ला प्रशासन कार्यालयले थप चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई तेस्रो पटक अनुमति दिएको हो ।
विभिन्न शक्ति केन्द्रले अग्रवाललाई छुटाउन प्रहरी प्रसासनलाई दवाव दिएपनि महानगरीय प्रहरी परिसर काठमाडौले उनीविरुद्ध थप ४ दिन म्याद थप गरेको हो । प्रजिअ जनकराज दाहालले उनलाई ४ पाँच दिन हिरासतमा राख्न अनुमति दिएका छन् । यसअघि उनलाई ५ दिन म्यादथप गरिएको थियो ।
थर्मलगन कालोबजारी गरेको अभियोगमा सुलभलाई गत २५ चैतमा महानगरीय अपराध महाशाखाबाट खटेको टोलीले नक्सालबाट पक्राउ गरेको थियो । ३ हजार पर्ने थर्मल गनलाई कुटनीतिक नियोगको सवारी साधन प्रयोग गरी अग्रवालले प्रहरीलाई नै उक्त गन बिक्रि गरेपछि उनलाई सामानसहित पक्राउ गरिएको थियो ।




