काठमाडौं । विश्वभर कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १ लाख ६० हजार ६ सय ४३ पुगेको छ । पछिल्लो २४ घन्टामा मात्र ६ हजार ५ सय ५ जनाको मृत्यु भएको छ ।
विश्वभर कोरोना संक्रमण पुष्टि हुनेको संख्या २३ लाख ३० हजार १ सय ५० पुगेको छ। त्यस्तै, ५ लाख ९६ हजार ४ सय ८२ जना उपचारपछि निको भएका छन्।
कोरोनाबाट सबैभन्दा धेरै मृत्यु भएको अमेरिकामा पछिल्लो २४ घन्टामा १८ सय ६७ जनाको ज्यान गएको छ । योसागै मृत्यु हुनेको संख्या ३९ हजार १४ जना पुगेको छ । भने त्यहाँ ७ लाख ३८ हजार ७ सय ९२ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। तर पछिल्लो २४ घन्टामा विगत ४ दिनपछि कम मानिसको मृत्यु भएको छ । दैनिक २ हजार देखि २५ सय मानिस कोरानाबाट मरिरहेको बेला एकसातामा पहिलोपटक कम मानिसको मृत्यु भएको हो ।




