काठमाडौं।नेपालको राजनीतिक परिवर्तनमा अतुलनीय योगदान गर्दै आएको नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघले ५० औं वसन्त पार गरेको छ । वि.सं २०२७ साल वैषाख ६ गते स्थापना भएको नेविसंघले मुलत विद्यार्थीका हक हित र राजनीतिक परिर्वतमा आफ्नो सम्पूर्ण समय र ध्यान खर्चिदै आएको छ । जव नेपाली राजनीतिमा कालो वादल मडारिन थाल्छ तव नेविसंघको संघर्षले नेपाली समाजलाई परिवर्तनको स्वर्णिम उपहार दिदै आएको छ ।
प्रजातन्त्रवादी विद्यार्थीहरुको राजनीतिक संघर्षको इतिहास धेरै लामो भए पनि नेपाल विद्यार्थी संघको विधिवत स्थापना भने २०२७ साल वैषाख ६ गते भएको हो ।सन्तनेता कृष्णप्रसाद भट्टराईले उद्घाटन गर्नु भएको थियो। संघको उद्घाटनमा वीपी कोइरालाले शुभकामन दिनु भएको थियो भने आर्थिक व्यवस्थापन शुवर्ण शमशेरले गर्नु भएको थियो । प्रहरी प्रशासनको व्यापक धरपकडका वीच नेपाल नेविसंघको सम्मेलन ६ गतेदेखि ९ गतेसम्म स्वयम्भू, चेभार, पशुपातिको राममन्दिर र त्रिभूवन विश्वविद्यालयको अर्थ विभागमा सम्पन्न भएको थियो । अधिवेशनकै क्रममा सयौ विद्यार्थी नेताहरु गिरफ्तार भएका थिए । संघसंस्था खोलेको अभियोगमा पञ्चयति सरकारले अदालतमा मुद्दा समेत दायर गरेको थियो । २०२७ साल असारमा सर्वोच्च आदालतको फैसालाले नेपाल विद्यार्थी संघ एक वैधानिक विद्यार्थी संस्थाको रुपमा स्थिापित गरेपछि भने पञ्चायत र प्रतिगामीका लागि नेविसंघ फलामको चिउरा बन्यो । व्यवस्था परिवर्तको आन्दोलनमा नेविसंघका सयौंले जीवन वलिदान गरे भने हजारौको संख्यामा घाइते भए ।
नेविसंघ स्थापनाकालका अध्यक्ष विपिन कोइरालादेखि वर्तमना अध्यक्ष राजीव ढुंगानासम्म आईपुग्दा ५० वर्षको अवधिमा १९ जनाले नेविसंघको नेतृत्व सम्हालेका छन । हाल नेविसंघकै पूर्वअध्यक्ष समेत भईसक्नु भएका शेरवहादुर देउवाको नेतृत्वमा नेपाली कांग्रेस गतिवान छ । नेविसंघकै छहारीबाट राजनीति सुरु गरेका देउवा चार पटकसम्म मुलुकको प्रधानमन्त्री बन्न सफल हुँनु भयो । देउवा नेतृत्वको बर्तमान कांग्रेस केन्द्रीय समितिमा १२ जना नेविसंघका पूर्वअध्यक्षहरु छन । देउवापछि नेविसंघको नेतृत्व लिएका विमलेन्द्र निधि पार्टी उपसभापति छन । नेविसंघको १० औं अध्यक्ष विश्वप्रकाश शर्मा पार्टीको प्रवक्ता एवं प्रचार विभाग प्रमुख छन । विमलेन्द्र निधि र ज्ञानेन्द्रबहादुर कार्की नेतृत्वको कार्यसमितिमा सदस्य रहेका पूर्णबहादुर खड्का महामन्त्री छन । बलबहादुर केसी नेतृत्वको कार्यसमितिका महामन्त्री डा.प्रकाशशरण महत पार्टीको सहमहामन्त्री छन।
पूर्व अध्यक्षहरु ज्ञानेन्द्रबहादुर कार्की,बलबहादुर केसी, बालकृष्ण खाँण, एनपी साउद, धनराज गुरुङ , गोविन्द भट्टराई, विश्वप्रकाश शर्मा,किशोरसिंह राठोर, गुरुराज घिमिरे, प्रदिप पौडेल,कल्याण गुरुङ , पार्टीको केन्द्रीय सदस्य छन । पूर्वअध्यक्षहरु विपिन कोइराला,केशव सिंह, रञ्जित कर्ण र नैनसिंह महर भने पार्टीको वर्तमान केन्द्रीय समितिमा छैनन ।
संस्थापक अध्यक्ष विपिन कोइरालादेखि सातौं अध्यक्ष एनपी साउदसम्मका सबै नेविसंघका पूर्वअध्यक्षहरुले पटक पटक मन्त्री बन्ने अवसर पाएका छन। विपिन कोइरालापछि नेविसंघको दुई कार्यकाल सभापति बन्नु भएका शेरबहादुर देउवा त बर्तमान पार्टी सभापति र चार पटक प्रधानमन्त्री बन्नु भएको छ ।
पूर्वअध्यक्षहरु धनराज गुरुङ, किशोरसिंह राठोर र रञ्जित कर्ण समानुपातिक संसद बन्न सफल भए । हाल संसदमा नेविसंघका पूर्व अध्यक्षहरु पार्टी सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवा, ज्ञानेन्द्र बहादुर कार्की,प्रमुख सचेतक बालकृष्ण खाँण र समानुपातिक संसद किशोरसिंह राठोरको मात्र प्रतिनिधित्व छ ।
यसै गरी प्रवक्ता विश्वप्रकाश शर्मा, किशोरसिंह राठोर, गोविन्द भट्टराई, प्रदिप पौडेलले संसदीय निर्वाचनमा टिकट पाए पनि चुनाव जित्न सकेका छैनन ।
केशव सिंह, गुरुराज घिमिरे, महेन्द्र शर्मा कल्याण गुरु, नैनसिह महर र वर्तमान अध्यक्ष राजीव कोरारालाले भने चुनाव लड्ने अवसर पाएका छैनन ।
नेविसंघका पूर्वअध्यक्षहरु शेरबहादुर देउवा, विमलेन्द्र निधि, ज्ञानेन्द्र बहादुर कार्की, बालकृष्ण खाँण, बलबहादुर केसी, एनपी सावद, धनराज गुरुङ पार्टी र संसदीय राजनीतिमै सफल मानिन्छन । प्रखर वक्ता, लोकप्रिय र पार्टी राजनीतिमा सफल हुँदा हुँदै पनि प्रवक्ता एवं प्रचार विभाग प्रमुख विश्वप्रकाश शर्माले जननिर्वाचित प्रतिनिधि बन्ने अवसर पाएका छैनन । यसै गरी पार्टी राजनीतिमा सफल देखिएका गोविन्द भट्टराई र प्रदिप पौडेल पनि जनअनुमोदित हुन सकेका छैनन ।




