ताजा समाचार

कोरोना कहरः विश्वभर १ लाख ५४ हजारकाे मृत्यु , अमेरिकामा ३७ हजार बढीको मृत्यु

एजेन्सी । विश्वभर कोरोना भाइरस संक्रमणबाट मर्नेको संख्या १ लाख ५४ हजार २ सय ४१ पुगेको छ । शनिबार बिहानसम्मको तथ्यांक अनुसार २२ लाख ५० हजार १ सय १९ जना कोरोना भाइरसक (कोभिड १९)बाट संक्रमित भएका छन् ।
मर्ने र संक्रमितको संख्या अमेरिकामा सबैभन्दा बढी छ। त्यहाँ ७ लाख ९ हजार ७ सय ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। भने ३७ हजार १ सय ५४ जनाको ज्यान गइसकेको छ । पछिल्लो २४ घन्टामा २५ सय ३५ जनाको ज्यान गएको छ । त्यस्तै ३२ हजार भन्दा धेरै संक्रमित देखिएका छन् ।

बेलायतमा १ लाख ८६ हजार ६ सय ९२ जनाको कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। भने पछिल्लो २४ घन्टा ८ सय ४७ जनाको ज्यान गएको छ । बेलायतमा १४ हजार ५ सय ७६ जनाको मृत्यु भइसकेको छ। त्यस्तै स्पेनमा २० हजार २ जनाको मृत्यु भएको छ भने पछिल्लो २४ घन्टामा ६ सय ८७ जनाको ज्यान गएको छ ।

त्यस्तै, ५ लाख ६८ हजार ३ सय ४३ जना भने उपचारपछि निको भएका छन्। निको हुनेको संख्या जर्मनीमा सबैभन्दा बढी छ। त्यहाँ ८३ हजार १ सय १४ जना संक्रमणपछि पनि निको भइसकेका छन्। त्यस्तै चीनमा ७७ हजार ५ सय ५२, स्पेनमा ७४ हजार ७ सय ९७ जना निको भइसकेका छन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *