ताजा समाचार

लामो दुरी हिड्न रोक्नु : प्रधानमन्त्री ओली

काठमाडौँ । सरकारले कसैलाई पनि लामो दुरीमा हिँडेर जान नदिने भएको छ । बैठकमा कोभिड–१९ सम्बन्धी उच्चस्तरीय समितिले प्रदेश र स्थानीय तहसँग समन्वय गरेर सिधै गाउँ पुर्‍याउने वा यहीँ रोक्ने विकल्प पेश गरेको थियो । जो जहाँ छ उसलाई त्यहीं बस्न निर्देशन दिने र खानाको समस्या परेकालाई सरकारले व्यवस्था मिलाउने प्रधानमन्त्री ओलीले बताएका छन् ।
लकडाउनलाई अझ कडाई गर्न निर्दैशन दिदै शहरबाट गाउँ जाने र एक ठाउँबाट अर्को ठाउँमा जाने अवस्था आउन नदिन र लामो दुरीको बाटो हिड्न नदिन सबै निकायलाई निर्दैशन दिएका हुन् । कोभिड–१९ (कोरोना) रोग रोकथाम तथा निवारण उच्चस्तरीय समिति,क्राइसिस म्यानेजमेण्ट सेण्टर (सिसीएमसी) राष्ट्रिय योजनाका आयोगका अध्यक्ष, सुरक्षा निकायका प्रमुख सहितको बैठकमा सर्वसाधारणहरु दिनदिनै हिडेर शहर छाडेको गाउँ जान थालेको तथा खना नपाएको जस्ता विषयहरु आएकाले उनीहरुलाई जहाँ रहेका छन् त्यही रोक्ने खाद्यान्न नपुगे तुरुन्तै व्यवस्था गर्नु, कसैलाई पनि भोकै नराख्नु भन्ने निर्दैशन दिएका हुन् ।
शुक्रबार साँझ वालुवाटार समितिका पदाधिकारीहरु, सुरक्षा निकायका प्रमुखहरुलाई लकडाउन अझै लम्बिनसक्ने संकेत गर्दै रोगसँग लड्न कठिन भएको र लकडाउन खुकुलो गरे संक्रमण फैलिन सक्ने संभावनालाई ध्यान दिएर कडा गर्न निर्देशन दिएका हुन् । प्रधानमन्त्री निवास वालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री ओलीले अत्यावश्यक बाहेकका आवतजावत पूर्ण रुपमा बन्द गर्न निर्देशन दिएका छन् । ‘यदि कोही खान नपाएरै गाउँ जान लागेको भए त्यहीँ खाद्यान्न पुर्याउने व्यवस्था गर्नु तर हिडेर गाउँ जान नदिनु’, प्रधानमन्त्री ओलीको भनाई उद्यृत गर्दै एक सहभागीले भने ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *