काठमाडौं । नेपालमा कोरोनाबाट संक्रमितको संख्या शुक्रबार मात्रै १४ जना थपिएका छन्। शुक्रबार उदयपुरमा १२ जना र चितवनका २ जना गरी १४ जना थपिएको स्वास्थ्य मन्त्रालयका विज्ञ सल्लाहकार डा. खेम कार्कीले बताए।
उदयपुरको एक मस्जिदमा भेटिएका १२ मध्ये अधिकांश भारतीय नागरिक रहेको बताइएको छ। तर उदयपुरको केसले समुदायमा संक्रमित गराउँछ कि भन्ने डर देखाएको स्वास्थ्य मन्त्रालयका एक अधिकारीले बताए।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उदयपुरका सबै संक्रमित पुरुष भएको जनाएको छ। चितवनबाट बिहीबार बेलुका ल्याइएको २ वटा स्वाबको रिपोर्ट पोजिटिभ देखिएको भरतपुर अस्पतालका अध्यक्ष डा भोजराज अधिकारीले बताए ।




