ताजा समाचार

नारायणकाजीले भने सत्तालाई नै सबैथोक ठान्नु अपराध हो

 काठमाडौं । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले सत्तालाई नै सबैथोक ठान्नु अपराध भएको बताएका छन् ।

शुक्रवार सामाजिक सञ्जाल ट्वीटरमा उनले लकडाउनका बेला पैदल यात्रा गरेका जनतालार्य सरकारले वास्ता नगरेको तर्फ संकेत गरेका छन् । प्रवक्ता श्रेष्ठले सत्तालाई सबैथोक मानेर मनोमानी गर्न खोज्नेहरूमाथि निशाना लगाएका छन् ।उनले चिनियाँ राजनेता माओत्से तुङको विचारलाई सन्दर्भ लिँदै भनेका छन्, ‘राज्यसत्ताबाहेक सबैथोक भ्रम हो भन्ने विचार माओले यो बिना समान्य सुधार सम्भव भपनि गुणात्मक परिवर्तन सम्भव छैन भन्ने कुराप्रति जोड दिन प्रकट गर्नुभएको हो ।’

उनले अगाडि थपेका छन्, ‘तर राज्यसत्तालाई नै सबैथोक ठान्नु अपराध हो । सत्ता त देश र जनताको सेवाको साधन मात्र हो । यो कुरा आत्मसात नगर्नेहरु राजनीतिक ठग हुन् ।’

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *