काठमाडौं।नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले लकडाउनका कारण खाना र बस्ने व्यवस्था नुहदा सयौं किलोमीटर पैदल हिंडेर घर गइरहेको नागरिकलाई खान र वस्ने प्रवन्ध मिलाउन कांग्रेसका स्थानीय तह र पार्टीका भातृ तथा सुवेच्छुक संस्थालाई आग्रह गरेका छन । सभापति देउवाले आफ्नो आधिकारीक फेसवुक पेज र ट्वीटरमार्फत कार्यकर्तालाई आग्रह गरेका हुन ।

काठमाडौं लगायत विभिन्न क्षेत्रबाट खाना र बस्ने व्यवस्था नभएर पैदल हिडेर घर गइरहेका नागरिकहरुलाई सामाजिक दुरी कायम गरी आआफ्नो क्षेत्रमा खाना र राती भए वासको प्रवन्ध मिलाउन आग्रह गरेका छन ।
सरकारको भरथेग सबैभन्दा बढि तिनै निमुखा जनतामाथि हुनुपर्ने हो तर सरकारमा बसेकाहरु ति निमुखाहरुको त्यो यात्राको दर्शक मात्रै भएको सभापति देउवाले भनेका छन राजधानीबाट घर जाने ति जनताहरुलाई तत्काल गासवासको प्रवन्ध गरी सुरक्षित ढंगले गाउँ पुर्याउने व्यवस्था मिलाउन सरकारसँग आग्रह गर्दछु ।




