ताजा समाचार

कांग्रेस नेता साउदको सरकारलाई ७ बुँदे सुझाव

काठमाडौं।नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री एनपी साउदले सरकार,स्वास्थ्य मंत्रालय,सेना र ब्यापारीमार्फत भित्र्याउन खोजिएको भनिएको स्वास्थ्य सामग्रीको बारेमा सरकारले तत्काल ‘स्वेत पत्र’ जारी गरेर जबाफदिनु पर्ने बताएका छन । नेता साउदले आफ्नो आधिकारीक फेसवुक पेजमार्फत ७ बुँदे धारणा सार्वजनिक गरेका हुन ।

नेता साउदले आम जनता,सुकुम्बासी र सिमान्तकृत बर्ग राहतको लागि छट्पटाईरहेको बेला सरकारले केही कार्यकर्ता राखेर ‘लाल पुर्जा ‘ बाड्न सुकुम्बासी आयोग गठन आरोप लगाएका छन । उनले ‘कामकाज एकातिर नाम्लो बोकी ठीमीतिर’ बन्द गर्न चेतावनी दिएका छन ।

लकडाउनको बेला गरीब,असहाय,बेरोजगार र अलपत्र परेका नागरिकहरूलाई सरकारले एकद्वार निती अन्तर्गत ‘वडा कार्यालय ‘मार्फÞत खाद्य सामग्री उपलब्ध गराउने भनिएकोमा काठमांडूमा समेत ठूलो समस्या देखिएको साउँदले बताए । देशभर न्यूनतम राहत निष्पक्षता पूर्बक बितरण गरिएको भन्दै सर्बदलिय संयंत्र गठन गरि बितरण गर्नु पर्ने साउदको सुझाव छ ।

यस्तो छ साउँदको ७ बुँदे सुझाव

सरकारले मुलुकलाई ‘लकडाउन’मा राखेको छ।प्रतिपक्ष समेत सबैले सहयोग गरिरहेको अबस्था छ।तर जनता कोरोनाको संन्त्रास र लकडाउनको पीडालेआहत भएकाछन।प्रतिपक्ष बैकल्पिक सरकार पनि हो।देशका सामु जनतालाई कोरोना संन्त्रास र लकडाउनबाट राहत दिन तपसिल बमोजिम स्पष्ट मार्ग चित्र राख्न जरूरी छ-
१. भारतमा लकडाउन खुकुलो या समाप्त गरे पछि नेपालीहरूको देश भित्रिने चाप बढेर संक्रमणको नया श्रृंखला सुरू हुने भएकोले बिभिन्न ठाउमा रहेका नागरिकहरूलाई ब्यबस्थित रूपमा समय मै घर फर्काउनु पर्छ ।
२.देशको सीमामा जम्मा भएर मुलुक भित्रिन खोज्नेहरू अबैध बाटो प्रयोग नगरून भनेर नाकाहरू बाटै ब्यबस्थित रूपमा भित्र्याएर क्वारन्टाईनमा राख्ने ब्यबस्था गर्नु पर्छ।
३.सरकार,स्वास्थ्य मंत्रालय,सेना र ब्यापारी मार्फत भित्र्याउन खोजिएको भनिएको स्वास्थ्य सामग्रीको के भयो? कता पुगेको छ ? सरकारले तत्काल’स्वेत पत्र’ जारी गरेर जबाफदिनु पर्छ ।
४.शैक्षक क्षेत्र अन्यौलमा छ।परिक्षा स्थगित छन।
SEE,प्राथमिक,माध्यमिक र उच्च माध्यमिक तहका बिद्यार्थीहरूलाई ‘दूर शिक्षा’को माध्यमबाट पढाईने सुनिश्चित गर्नु पर्छ ।
५.लकडाउनको बेला गरीब,असहाय,बेरोज़गार र अलपत्र परेका नागरिकहरूलाई सरकारले एकद्वार निती अन्तर्गत ‘वडा कार्यालय ‘मार्फ़त खाद्य सामग्री उपलब्ध गराउने भनिएकोमा काठमांडूमा समेत ठूलो समस्या देखिएको छ।देशभर न्यूनतम राहत पनि निष्पक्षता पूर्बक बितरण गरिएको छैन ।तत्काल सर्बदलिय संयंत्र गठन गरि बितरण गरिनु पर्छ।
६.आम जनता,सुकुम्बासी र सिमान्तकृत बर्ग राहतको लागि छट्पटाईरहेको बेला सरकारले केही कार्यकर्ता राखेर ‘लाल पुर्जा ‘ बाड्न सुकुम्बासी आयोग गठन गरेकोछ।’कामकाज एकातिर नाम्लो बोकी ठीमीतिर’ बन्द गरियोस ।
७.प्रतिपक्षी दल नेपाली कांग्रेस सभापतिको बक्तब्य सरकारले कार्यान्वयन नगरेकोले Social Distance कायम राख्ने गरि केन्द्रीय कार्यसमिति बैठक या पत्रकार सम्मेलनबाट पार्टीले आफ्नो position स्पष्ट रूपमा राख्न ज़रूरी भएकोछ! जय नेपाल !!!

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *