ताजा समाचार

प्रवक्ता शर्माले भने, ‘प्रधानमन्त्री ज्यू सडकमा मानिस पिकनिक र हनिमुन मनाउन निस्केका होइनन्, भोकबाट बच्न हिडेका हुन्’

काठमाडौं।प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले जनता भोकले मर्ने अवस्था आउन लागेको भन्दै सरकारलाई गम्भीर बन्न आग्रह गरेको छ । पार्टी प्रवक्ता एवं केन्द्रीय प्रचार विभाग प्रमुख विश्वप्रकाश शर्माले पार्टीको आधिकारिक फेसवुक पेजमार्फ लाइभ गर्दै सरकारलाई गम्भीर बन्न अग्रह गरेका हुन ।
फेसवुक लाइभमार्फत प्रवक्ता शर्माले अहिलेको अवस्थामा सरकारसंग तीन विकल्प रहेके स्पष्ट पारेका छन । सरकारसंग पहिलो विकल्प राहत पुर्याउने भएको उनले बताए । दोश्रो विकल्प अफ्ट्यारोमा परेका र घर जान चाहनेहरुलाई घर पठाउने भएको स्पष्ट पारे । तेस्रो विकल्प भने टुलुटुलु हेरेर बस्ने भएको भएको बताउदै सरकारलाई गम्भीर बन्न आग्रह गरे ।
रात विरात बालवच्चा च्यापेर,वृद्धवृद्धा बुबाआमालाई टोहोर्याएर, सुत्केरी महिलाहरु पोका पत्यौरा बोकेर हिडेका कारुणि दृष्यले सिंहदारबाले र बालुवाटरलाई सरकारलाई छुन नसकेको प्रवक्ता शार्माले आरोप लगाए । सरकारले श्रमिक,बेरोजगार, न्युन आय भएका व्यक्ति, विद्यार्थीको अवस्था सरकारले नबुझेका कारण उनीहरु प्राण धान्नका लागि रातारात गरेर गाउँघर तर्फ हिडेको उनले बताए । लकडाउनले मात्र कोरानासंग जुध्न नसक्ने लकडाउनले डिफेन्समात्र बढाउने मात्र हो भन्दै विपन्न आर्थिक अवस्था भएका मासिको अवस्था बुझ्न र उनीहरुप्रति गम्भीर हुन शर्माले अग्रह गरे । लकडाउनको अवधिभर धानिन नसक्ने मान्छेमात्र पैदल हिडेर काठमाडौ वाहिर निस्केको उनकोतर्क थियो ।
सुकुम्वासीलाई यतिबेला जग्गा होइन जाउलो चाहिएको प्रवक्ता शर्माको भनाइ थियो । सुकुम्वासी आयोगका लागि अवौं रुपयौ आयोगका छुट्याउन सक्ने सरकारले श्रमिक,मजदुर,वेरोजगार र न्यून आयभएका मानिसको राहत दिन नसकेको भन्दै उनले आपत्ति जनाए ।

कोही भोकै मर्दैनन, कोही भाकै पर्दैनन भन्ने प्रधानमन्त्रीलाई लक्षित गर्दै प्रवक्ता शर्माले भने सडकमा काठमाडौंबाट बाहिर हिडेका मानिस हनिमुन र पिकनिक हिडेका होइनन । भोकबाट बच्न गाउँ फर्केका हुन । गभ्भीर बन्नुहोस, बिष्फाेट हुनसक्छ ।
सरकारमा संगै नभए पनि सहयात्रामा कांग्रेसले साथ दिएको स्पष्ट पारे ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *