ताजा समाचार

काेराेना कहरः ज्यान गुमाउनेको संख्या १ लाख ४५ हजार नाघ्याे

काठमाडौं । विश्वभर कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या १ लाख ४५ हजार नाघेको छ । शुक्रबार बिहानसम्मको तथ्यांक अनुसार ज्यान गुमाउनेको संख्या १ लाख ४५ हजार ४७० पुगेको छ ।

विश्वभर माहामारीका रुपमा फैलिएको कोरोनाका कारण २१ लाख ८१ हजार बढी संक्रमित भएका छन् । अहिले विश्वभर १४ लाख ८७ हजार ७५२ कोरोना संक्रमितको उपचार भइरहेको छ । जसमध्ये ५६ हजार ५७७ को अवस्था गम्भीर रहेकोे छ ।

आज विहानसम्म कोरोनाले सबैभन्दा धेरै अमेरिकामा ३४ हजार ५८० जनाको ज्यान गएको छ । इटालीमा २२ हजार १७०, फ्रान्समा १७ हजार ९२०, स्पेनमा १९ हजार ३१५, बेलायतमा १३ हजार ७२९ जनाको कोरोनाको कारण ज्यान गइसकेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *