ताजा समाचार

काेराेना संन्त्रासः विश्वभर संक्रमितकाे संख्या २० लाख नाघ्याे

काठमाडौं । महाब्याधी काेराेना भाइरस (काेभिड १९) बाट संक्रमित हुनेहरुको संख्या २० लाख नाघेको छ।

संसारभरि  यो संक्रमणबाट ज्यान गुमाउनेको संख्या एक लाख २९ हजार ८४२ पुगेको छ। पछिल्लाे २४ घन्टामा ७ हजार ९ सय ६० जनाकाे ज्यान गएकाे छ । भने ८४ हजार बढी नयाँ संक्रमित भेटिएका छन् ।

५ लाख १० हजार मानिस भने उपचारपछि निकाे भएर घर फर्किएका छन् ।

हालसम्मको तथ्यांकअनुसार अमेरिकामा सबैभन्दा बढी ६ लाख १८ हजार ३२५ जना संक्रमित भएका छन्। ज्यान गुमाउनेको संख्याका हिसाबले अमेरिका सबैभन्दा अघि देखिएको छ। त्यहाँ अहिलेसम्म २६ हजार २९० जनाको कोरोना संक्रमणबाट ज्यान गइसकेको छ। स्पेनमा एक लाख ७७ हजार भन्दा बढी संक्रमित भेटिएका छन्। भने १८ हजार ५७९ जनाको मृत्यु भएको छ।

तेस्रो स्थानमा रहेको इटलीमा अहिलेसम्म एक लाख ६५ हजार १५५ जना मानिसहरुमा कोरोना संक्रमण भएको छ। इटलीमा २१ हजार ६४५ र स्पेनमा १८ हजार ५७९ जनाको मृत्यु भएको छ। फ्रान्समा १५ हजार ७२९ र बेलायतमा १२ हजार ८६८ संक्रमितहरुको ज्यान गएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *