ताजा समाचार

काेराेना कहरः विश्वभर १ लाख २६ हजारको मृत्यु, अमेरिकामा एकैदिन २४ सय बढीको मृत्यु

एजेन्सी । महाब्याधी कोरोना भाइरस (कोभिड१९) बाट विश्वभर १ लाख २६ हजार ६ सय को मृत्यु भएको छ । त्यस्तै १९ लाख ७३ हजार ७ सय १५ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ।

वर्ल्डोमिटरको आँकडा पछिल्लो २४ घन्टामा मात्र ६ हजार ९ सय ८२ जनाले कोरोनाबाटै ज्यान गुमाएका छन् । त्यसै गरी ७३ हजार ९ सय ६९ जना नयाँ संक्रमित भेटिएका छन् ।

कोरोना संक्रमित ४ लाख ७४ हजार २ सय ६१ जना उपचारपछि निको भएका छन्।

सबैभन्दा प्रभावित अमेरिकामा मंगलबार एकैदिन २ हजार ४ सय ७ जनाको मृत्यु भएको छ । यससँगै अमेरिकामा मृतकको संख्या २६ हजार ४७ पुगेको छ ।

पछिल्लो आँकडा अनुसार यहाँ एकैदिन २६ हजार ९ सय ४५ संक्रमित भेटिएपछि कूल संक्रमितको संख्या ६ लाख १३ हजार ८ सय ८६ पुगेको छ । संक्रमितमध्ये १३ हजार ४ सय ७३ को स्थिती नाजुक छ भने ३८ हजार ८ सय २० निको भएर घर फर्किसकेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *