गण्डकी प्रदेश

परिक्षणकाे दायरा बढाएसंगै संक्रमितककाे संख्या बढ्याे,वैदेशिक रोजगारीबाट आएका काभ्रेका दुई युवाको आरटीडी टेष्ट पोजेटिभ

काठमाडौं। काभ्रेमा दुई जना कोराना सक्रमण देखिएको छ । वैदेशिक रोजगारबाट फर्किएका दुई युवाको र्यापडि डाइग्नोस्टिक टेस्ट(आरटीडी) गर्दा रिपोर्ट पोजेटिभ देखिएको हो । कोरोना संक्रमण देखिएपछि काभ्रेको बेथानचोक र मण्डनदेउपुरका युवाहरुलाई धुलिखेल अस्पतालको आइसोलेशनमा राखिएको छ । उनीहरुको स्वाबको नमुना संकलन गरी परिक्षण गरिने धुलिखेल अस्पतालले जनाएको छ ।

चैतको पहिलो साता बेथानचोक गाउँपालिकाका २८ वर्षिय युवा भारतबाट आएका थिए । उनीसंगै भारतको गोहाबाट आएका दुई जना साथीको रिपोर्ट भने नेगेटिभ आएको छ । यसै गरी चैतको दोश्रो साता नै मण्डनदेउपुर नगरपालिकाका ३ का २३ वर्षाीय युवा दुवाईबाट फर्केका थिए ।
सरकारले कोरोनाको परिक्षण बढाएसंगै कोरोना संक्रमितको संख्या बढेको छ ।  मंगलबारसम्म र्यापिड किट र पीसीआर विधिबाट १२ हजार ९०६ जनाको नमुना परीक्षण गर्दा १६ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। नेपालमा कोरोना पुष्टि हुनेमा १९ वर्षीया युवतीदेखि ८१ वर्षीया वृद्धासम्म छन्।

संक्रमित मध्ये पाँचजनाको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचार भइराखेको छ । चारजनाको वीरगन्जस्थित नारायणी अस्पतालमा उपचार भइराखेको छ भने अन्य ६ जनाको भने शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल, टेकु, पाटन अस्पताल, लगनखेल र धौलागिरी अस्पताल, बागलुङमा दुईदुई जनाको उपचार भइरहेकाे छ ।  अहिले १६ जनामा कोराना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । एक जना उपचारपछि निकाे भएर फर्किएका छन । १५ जना संक्रमितकाे उपचार भइरहेकाे मन्त्रालयले जनाएकाे छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *